गुणस्तरिय शिक्षाको लागि नेपालगन्जको धम्बोझी मावि

१ असार २०७५, शुक्रबार २१:०६
 

सदरलाइनडटकम
१ असार, नेपालगन्ज : नेपालगन्जको चर्चामा रहेको सामुदयिक विद्यालय धम्वोझी माध्यामिक विद्यालयले विद्यार्थी नियमितता तथा गुणस्तरीय शिक्षाका लागि शिक्षा संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
‘विद्यालयको शिक्षाको अवस्थाका बारेमा हामी सबैको इच्छा निःशुल्क तथा अनिवार्य आधारभुत शिक्षा’ भन्ने नाराका साथ संवाद कार्यक्रमको आयोजना गरीएको हो ।
संवाद कार्यक्रममा बोल्दै धम्वोझी माविका प्रधानध्यापक किरण आर्चायले विद्यालयमा विद्यार्थी संख्या आवश्यक भन्दा बढि हुदाँ हुदै पनि विद्यार्थी भर्ना लिनु परेको बताइन । उनले भनिन–‘व्यक्तिगत रुपमा हामीहरुले विद्यार्थीहरुको हेरचाह गर्छौ, अभिभावकसंगको भेटघाट धेरै नै हुन्छ जसले गर्दा यहाँ भर्ना हुने विद्यार्थीको संख्या धेरै रहेको छ । हामीले शिक्षालाई साक्षरतासंग जोड्ने गर्दछा,ै जवसम्म विद्यार्थीले राम्रोसंग बुझेर पढ्दै वा बुझेर पढ्ने बनाउन सक्दैनौ तवसम्म विद्यार्थीले बुझेर मात्र पढ्न सक्छ ।’
प्रधानध्यापक आर्चायले अर्काको सन्तानको भविश्यसगै खेलवाड गर्न नहुने बताइन । यसै गरी विद्यालयको शिक्षाको अवस्थाका बारेमा प्रतिकृया दिदै दाङबाट सो विद्यालयमा अध्यायन गर्न आएकी विद्यार्थी टिका खड्काले आफले धम्वोझी विद्यालयको शिक्षण सिकाइको प्रक्रिया निकै फरक पाएको बताइन । उनले भनिन, ‘यस विद्यालयका शिक्षक शिक्षिकाहरुले सबै विद्यार्थीहरुलाई राम्ररी बुझेर पढाउनु हुन्छ । म आफु यहाँ पढ्न पाउँदा निकै खुश भएकी छु ।’
यसैगरी मोरङबाट धम्वोझी माविमा अध्यायन गर्न आएकी विद्यार्थी अर्की एक छात्रा श्वेता सापकोटाले विद्यालयका शिक्षकहरुको व्यवाहार अति राम्रो भएको बताइन । कार्यक्रममा बोल्दै अभिभावक डिल्लीराज पोख्रलले सरकारी विद्यालयमा शैक्षिक गुणस्तर घट्दै गएको हुदाँ धम्वोझी माविले गरेको शैक्षिक गुणस्तरलाई राम्रो मान्न सकिने बताए ।
संवाद कार्यक्रममा वोल्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला बाँकेका अध्यक्ष बामदेव सुवेदीले वर्तमान जनप्रतिनिधिहरुले शिक्षाको विषयमा त्यत्ति सरोकार राखेको नपाइएको बताए । अध्यक्ष सुवेदीले भने,‘विद्यालयमा आवश्यकतालाई परिपुर्ति नगर्ने गरेको एवं व्यवहारगत रुपमा हेर्दा पनि त्यती राम्रो नभएको छ ।’
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वयन ईकाईका खगेन्द्र मल्लले विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि कुशल प्रशासक हुनु पर्ने बताए । उनले भने,‘बाकेका सामुदायिक विद्यालयका प्रधानध्यापकहरुले कक्षा अवलोकन गर्न नसकेको हुदाँ शैक्षिकस्तरमा गुणस्तरीयता बढ्न सकेको छैन, अझै पनि बाकेका सामुदायिक विद्यालयका प्रअहरुले सबै विषयका कक्षाहरु पढाउन परेको हुदाँ शिक्षकहरुको कक्षा अवलोकन गर्न नसकेको अवस्थामा विद्यालयमा विद्यार्थी नियमित एवं गुणस्तरीयतामा असर परेको छ ।’
राकेश मिश्राले सञ्चालन गरेको कार्यक्रममा बाँके युनेस्को क्लवका वरिष्ठ उपाध्यक्ष सिराज खान, सेद चिल्डेनका कार्यक्रम अधिकृत फुल कुमारी चौधरी, बाके युनेस्को क्लव सहयात्रा परियोजनाका कार्यक्रम संयोजक आशिष वर्मालगाएतको उपस्थिति रहेको थियो ।

Next Post

०२ आषाढ २०७५ शनिवारको राशिफल

१ असार २०७५, शुक्रबार २१:०६
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्वपूर्ण अवसर गुम्न सक्छ । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग […]