टोल पढाई समुहका बालबालिकालाई गुन्द्री बितरण

१३ श्रावण २०७४, शुक्रबार १८:३६
 

सदरलाइनडटकम
१३ साउन, नेपालगन्ज : बालबालिकाको सिकाई कला अभिबृद्धि गर्नको लागि सञ्चालनमा ल्याईएको टोल पढाई समुहलाई शैक्षिक सामाग्रीको साथै भौतिक पूर्वाधारका सामाग्रीहरु समेत उपलब्ध गराईन थालिएको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर २ मा सञ्चालन रहेका विभिन्न टोल पढाई समुह का करिब ३ सय ५० जना बालबालिकालाई पढ्न आउने बेलामा बस्नको लागि ५४ थान ठुलो चटाई (गुन्द्री) सो वडा समितिले बितरण गरेको हो ।
बालबालिकाको पढाई सीप सुधारका लागि विद्यालय विदाका दिन पनि पठन पाठनलाई सुचारु राख्न गठन गरिएका टोल पढाई समुहमा बालबालिकाले भुईमा बसेर पढाई गरिरहेको देखेर उनीहरुलाई बस्नका लागि सो चटाई बितरण गरिएको वडा समितिको कार्यालयले जनाएको छ । टोल पढाई समुहमा गएर पठनपाठन गर्ने डुडुवा गाउँपालिका २ मा रहेका १६ वटा टोल पढाई समुहमा आवद्ध करिब ३ सय ५० जना बालबालिकालाई बस्नका लागि ५४ थान चटाई बितरण गरिएको डुडुवा गाउँपालिका वडा नम्बर २ का सचिव मानबहादुर बोगटीले जानकारी दिए ।
टोल पढाई समुहले बालबालिकाको पढाई सीप सुधारमा ठूलो सहयोग पुर्याई रहेको जनाउँदै सचिव बोगटीले यो कार्यक्रमलाई सफल पार्न वडा समितिले हर प्रकारको सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
बाँकेको बेतहनीमा आयोजित कार्यक्रममा डुडुवा–२ मा रहेका १६ वटा टोल पढाई समुहका संयोजकहरुलाई चटाई गुन्द्री बितरण गर्दै वडा नम्बर २ का नवनिर्वाचित अध्यक्ष गजेन्द्रप्रसाद कैरातीले टोल पढाई समुहले बालबालिकाको शिक्षाको जग बलियो बनाउने काम गरिरहेको जनाउँदै वडा समितिले सहयोग गरि रहने स्पष्ट पारे ।
उनले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने आफ्नो चाहना रहेको प्रष्ट पार्दै वडाको आगामी बजेटमा समेत टोल पढाई समुहलाई सक्षम र सुदृढ बनाउन बजेट बिनियोजन गरिने जानकारी दिए ।
सो अवसरमा बोल्दै बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकीले सरकारले नमुनाका रुपमा बाँके लगायतका ६ वटा जिल्लामा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरेको जनाउँदै यो कार्यक्रमलाई सफल पार्नु सबैको साझा दायित्व भएको बताए ।
वडा समितिले टोल पढाई समुहलाई सहयोग गरेकोमा आभार प्रकट गर्दै उनले भविष्यमा पनि क्लब र वडा समितिले सहकार्य गरेर वडाको शिक्षा र स्वास्थ्यका लागि धेरै काम गर्न सक्ने बताए ।
सो अवसरमा बोल्दै वडा नम्बर २ का महिला सदस्य लिलावती यादवले शिक्षाको क्षेत्रमा डुडुवा धेरै पछाडी परेकोले यस क्षेत्रका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि आफुहरुले दिनरात प्रयास गर्ने प्रतिवद्धता जनाईन ।
सो अवसरमा वडा नम्बर २ का नवनिर्वाचित सदस्यहरु एजाजुद्दिन खान र विनोद कुमार लोनिया, बाँके युनेस्को क्लबका वरिष्ठ सल्लाहकार निरज गौतम, वरिष्ठ उपाध्यक्ष सिराज खान, वरिष्ठ कार्यक्रम संयोजक साजीद अली सिद्दिकी, रवि तुलाधर लगायत वडावासीहरुको उल्लेखय उपस्थिति रहेको थियो ।
कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकाको पढाई सीप निकै कमजोर देखिएपछि नेपाल सरकारले पढाई सीप सुधारका लागि बाँके जिल्लामा बाँके युनेस्को क्लबमार्फत प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन गरिरहेको छ ।
सो कार्यक्रम अन्तर्गत जिल्लाका ३ सय ६० वटा सबै विद्यालय र मदरसाको कार्यक्षेत्रमा ७ सय ७८ वटा टोल पढाई समुह गठन गरेर बिदाका दिनमा समेत पठनपाठन गरिंदै आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाघ दिवसमा फोटो प्रदर्शनीले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने दावी

१३ श्रावण २०७४, शुक्रबार १८:३६
सदरलाइनडटकम  १४ साउन, नेपालगन्ज : अन्तराष्ट्रिय बाघ दिवसको अवसरमा शनिबारदेखि नेपालगन्जमा दुई दिने ‘नेपाल वाइल्ड लाइफ एण्ड नेचर’ फोटो प्रदर्शनीको आयोजना गरिएको छ । ईभेन्ट मेनेजमेन्टको क्षेत्रमा क्रियाशिल अन्तरालको आयोजना र व्यवस्थापनमा सुरु भएको सो प्रदर्शनीको नेपालगन्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा र उपमेयर उमा थापामगरले फोटो खिचेर उदघाटन […]