थारु समुदायले हर्षोल्लासका साथ अटवारी पर्व मनाउँदै

सदरलाइन संवाददाता २७ भाद्र २०७८, आईतवार १५:२१
 

नेपालगञ्ज : थारु समुदायले आइतवार अटवारी पर्व मनाउँदै छन् । भदौ महिनाको कृष्ण अष्टमीपछि शुक्लपक्षको पहिलो आइतबारका दिन थारु समुदायले यो पर्व मनाउने गर्दछन् ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लाका थारु समुदायले विशेष महत्वका यो पर्व मनाउने गर्दछन् । स्थानीय सरकारहरुले अटवारी पर्वको अवसरमा थारु समुदायलाई सार्वजनिक विदा दिने गर्दछन् । बाँकेमा राप्तीसोनारी, बैजनाथ र कोहलपुरले सार्वजनिक विदा दिएका छन् ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन छ ।

दिदीबहिनीका लागि छुट्याइएको भागलाई ‘अग्रासन’ भनिन्छ । अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पु¥याइदिने गरिन्छ । अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीहरुले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने र उपहार दिने चलन पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संखुवासभा हत्याकाण्डका आरोपी लोकहादुर सार्वजनिक

२७ भाद्र २०७८, आईतवार १५:२१
संखुवासभा : संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । संखुवासभास्थित चैनपुर इलाका प्रहरी कार्यालयले कार्कीलाई सार्वजनिक गरेको हो । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ । […]