आज प्रेस स्वतन्त्रता सेनानी ‘चाचाजी’लाई अभिनन्दन गरिदै

२९ जेष्ठ २०७५, मंगलवार १०:५५
 


सदरलाइनडटकम
२९ जेठ, नेपालगन्ज :  प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ को आज साँझ नेपालगन्जमा नागरिक अभिनन्दन गरिदै छ । रथारोहण सहित भब्य कार्यक्रमको आयोजना गरेर चाचाजीलाई रथारोहण गर्न लागिएको हो ।
साँझ ५ बजे चाचा निवास त्रिभुवनचोकबाट रथरोहण सुरु भई नेपालगन्जको बिभिन्न ठाउँमा परिक्रमा गरी नागरिक अभिनन्दन समारोह हुने छ ।
मंगलबार बेलुकी ५ वजे त्रिभुवन चोक पूर्वलाइनस्थित चाचाजीको निवास अगाडीवाट सम्मान ¥याली सुरु हुने युनियन बाँकेका सचिव अर्जुन ओलीले जानकारी दिए । निर्धारित समयमा सुरु भएर निर्धारित समयमा नागरिक अभिनन्दन कार्यक्रम समापन हुने भएकाले समयमै उपस्थित हुन सबैलाई सचिव ओलीले आग्रह गरे । उहाँलाई रथारोहन गराई नगर परिक्रमा गरिसकेपछि विशेष समारोह आयोजना गरी नागरिक अभिनन्दन पत्र प्रदान गर्ने कार्यक्रम छ । चाचाजीको सम्मान नेपाली पत्रकारिता सम्मान त हो नै, बाँके र नेपालगन्ज शहरकै पनि सम्मान हो भन्ने ठम्याई छ ।
नेपालगन्ज शहरका एक जना शालीन छबि बोकेका जेष्ठ नागरिक जसले आफ्नो पुरै जीवन पत्रकारिता मार्फत समाज र राष्ट्रका लागि लगाए । चाचाजीको नागरिक अभिनन्दन कार्यक्रममा व्यापक सहभागीताको लागि युनियनले सबैलाई आब्हान गरेको छ ।

Next Post

बिटिएसबाट सात नक्कली परिक्षार्थी पक्राउ

२९ जेष्ठ २०७५, मंगलवार १०:५५
सदरलाइनडटकम २९ जेठ, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार भेरी प्राविधिक शिक्षालयबाट अर्काको नाममा परिक्षा दिदै गरेका सात जनालाई पक्राउ गरेको छ ।  स्वास्थ्य सहायक प्रथम वर्ष अन्र्तगत भौतिक शास्त्रको ‘ब्याकपेपर’ दिन आएका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर बिष्टले बताए । ‘नक्कली प्रशिक्षालाई पक्राउ […]