बिटिएसबाट सात नक्कली परिक्षार्थी पक्राउ

२९ जेष्ठ २०७५, मंगलवार ११:३८
 

सदरलाइनडटकम

२९ जेठ, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार भेरी प्राविधिक शिक्षालयबाट अर्काको नाममा परिक्षा दिदै गरेका सात जनालाई पक्राउ गरेको छ ।


 स्वास्थ्य सहायक प्रथम वर्ष अन्र्तगत भौतिक शास्त्रको ‘ब्याकपेपर’ दिन आएका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर बिष्टले बताए ।

‘नक्कली प्रशिक्षालाई पक्राउ गरी मेडिकल गर्दैछौं ।’ बिष्टले भने,—‘उनीहरु माथि थप अनुसन्धान भइरहेको छ ।’ बिद्यार्थीहरु बाँके लगायत बिभिन्न जिल्लाबाट आएका छन् । उनीहरुले अर्काको नाममा परिक्षा दिदै थिए । अनुसन्धान पुरा भइसकेपछि उनीहरुलाई कस्तो कारवाही गर्ने भन्ने बिषयमा त्यसपछि मात्र केही भन्न सकिने बिष्टले बताए । फोटो स्केच : गुगलबाट

Next Post

चर्को गर्मीमा अस्पतालमा बिद्युत छैन

२९ जेष्ठ २०७५, मंगलवार ११:३८
सदरलाइनडटकम २९ जेठ, नेपालगन्ज :  बिद्युत आपुर्तीमा समस्या भएका कारण नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मंगलबार स्वास्थ्यसेवा प्रभावित भएको छ । यसक्षेत्रकै ठुलो नीजि अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । बिहान सातबजेदेखि ठप्प रहेको अस्पताल दिउँसो तीन बजेपछि मात्र खुल्ने जनाइएको छ । बिद्युतको समस्याले ओपिडीदेखि अप्रेशनकक्ष […]