०३ साउन २०७५ बिहिवारको राशिफल

३ श्रावण २०७५, बिहीबार ०८:२७
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । प्रेमीको सहयोग पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । प्रेममा मनमुटाव रहला ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चिताएको कामले तीव्रता लिनेछ । सामाजिक काममा जस पाइँदैन, तथापि धार्मिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनु राम्रो हुन्छ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । व्यवसायमा मन्दी आउनेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । कार्यमा बाधा आउनेछ ।

 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।


 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु क्षय होलान् ।

 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । रोमाञ्चक यात्रा होला । रोजगारको अवसर मिलनेछ । मधनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

 

– ज्यो.प. नारायणप्रसाद दुलाल

Next Post

बाँकेमा एक वर्षमा भएका सडक दुर्घटनामा ३८ ले ज्यान गुमाए

३ श्रावण २०७५, बिहीबार ०८:२७
सदरलाइन / राज सुवेदी  नेपालगन्ज : बाँकेमा भएका सडक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या वर्षेनी बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकले आर्थिक वर्ष २०७४/०७५को असार मसान्तसम्म सडक दुर्घटनामा परेर ३८ जनाले ज्यान गुमाएको जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ मा बाँकेमा सडक दुर्घटनामा परेर २७ जनाले ज्यान गुमाएका […]

सम्बन्धित