‘चाचाजी’को नागरिक अभिनन्दनको तयारी पुरा

२८ जेष्ठ २०७५, सोमबार २०:५१
 

सदरलाइनडटकम
२८ जेठ, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नेपालगन्जमा गर्न लागिएको नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजन गरिरहेको नेपाल प्रेस युनियन बाँकेले जनाएको छ ।
प्रेस युनियनले सोमबार पत्रकार सम्मेलन गरेर नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । ८९ वर्षिय ‘चाचाजी’लाई जेठे २९ गते नागरिक अभिनन्दनको तयारी पुरा भएको जनाएको हो ।
पत्रकार सम्मेलनमा युनियन बाँकेका अध्यक्ष जयनारायण शाहले नागरिक अभिनन्दनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । चाचाजीको नागरिक अभिनन्दनमा भोली बेलुका ५ बजे स्थानीय त्रिभुवनचोक पुर्वलाईनमा सक्रिय सहभागी भएर सम्मान प्रकट गर्न सबैलाई उहाँले आब्हान गरे ।
उनले प्रेस स्वतन्त्रता सेनानी चाचाजीले पत्रकारिता मार्फत लोकतन्त्र र समाजलाई पुर्याएको योगदानका लागि अभिनन्दन गर्न लागिएको शाहले बताए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले पन्नालाल चाचाजीको सादगी जीवनको जति प्रशंसा गरेपनि कम हुने भन्दै नागरिक अभिनन्दनलाई उद्योग वाणिज्य संघले अपनत्व लिएको बताउनुभयो । उनले सबैलाई सो अवसरमा उपस्थितिको लागि आग्रह समेत गरे ।
नेपाल पत्रकार महासंघका पुर्वमहासचिव पोषण केसीले पत्रकारिता गरेर समाज र राष्ट्रका लागि योगदान गरेका चाचाजी जस्ता व्यक्तित्वलाई नागरिक अभिनन्दन गर्ने सम्भवत त नेपालगन्जबासी मुलुककै पहिलो हुन पुगेको दाबी गरे । चाचाजी पत्रकार भएको नाताले नागरिक अभिनन्दनमा बाँकेका सम्पुर्ण पत्रकार अनिवार्य सहभागी हुनुपर्ने र अन्य अन्य पेशाकर्मी तथा नेपालगन्जबासीले पनि सहभागीता जनाएर सफल पार्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ ५ नं. प्रदेशका महासचिव भेषराज बस्नेतले नागरिक अभिनन्दनको अगुवाई प्रेस युनियनले गरेपनि सबै लागेर सफल पार्नुपर्ने बताए ।
सो क्रममा महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, उच्च अदालत नेपालगन्ज बार एशोसियशनका अध्यक्ष बलबहादुर चन्द, प्रेस चौतारी बाँकेका सचिव कमल डाँगी, प्रेस सेन्टर बाँकेका उपाध्यक्ष कृष्ण ओली लगायतले नागरिक अभिनन्दन कार्यक्रममा आफ्नो संस्था र संगठनबाट सम्पुर्ण सदस्यलाई सक्रिय सहभागिता गराउने प्रतिबद्धता जनाएका छन् ।
नागरिक अभिनन्दनका लागि पत्रकारिता सम्वद्ध संघ, संस्थाहरु नेपाल पत्रकार महासंघ, प्रेस चौतारी बाँके र प्रेस सेन्टर बाँके समेतले यसअघि नै ऐक्यवद्धता जनाईसकेका थिए ।
मंगलबार बेलुकी ५ वजे त्रिभुवन चोक पूर्वलाइनस्थित चाचाजीको निवास अगाडीवाट सम्मान ¥याली सुरु हुने युनियन बाँकेका सचिव अर्जुन ओलीले जानकारी दिएका छन् ।

Next Post

२९ जेठ २०७५ मंगलवारको राशिफल

२८ जेष्ठ २०७५, सोमबार २०:५१
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) भाग्यले विभिन्न अवसर जुराउनेछ । सामाजिक कार्यमा रुची बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निरासा र शरीरमा आलस्य आउला । दबाब र […]