सदरलाइनडटकम
१९ जेठ, नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी गठन भएस“गै स्थानीय तहमा एकता वैठक तथा कार्यक्रम सुरु भएका छन् । बाँकेको जानकी गाउ“पालिकामा तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र निकट अगुवा कार्यकर्ताको एकता वैठक शनिवार सम्पन्न भएको छ ।
वैठकले पार्टी एकताको सन्देश र नामाकरण सर्वसाधारण जनतासम्म पु¥याउने र विकास निर्माणका सवालमा स्थानीय, प्रादेशिक र संघीय सरकारलाई कार्यकर्ता मिलेर सहयोग गर्ने निर्णय भएको नेकपा बा“केका नेता पदम धितालले बताए । बेलभारमा सम्पन्न वैठकमा जानकी गाउ“पालिकामा रहेका नेकपाका अगुवा कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।
वैठकलाई नेकपाका नेता पदम धिताल, रक्षाराम वर्मा, अतिथिहरु जानकी गाउ“पालिकाकी उपाध्यक्ष भूमिसरा धिताल, स्थानीय वुद्धिजीवी जीतबहादुर वर्मा, युवा संघका नेता किशोर थापा लगायतले बोलेका थिए । अर्को एकता वैठक असारमा बेलहरीमा गर्ने निर्णय समेत भएको छ ।