ग्यालेक्सी दरवारको २१० नं. कोठाबाट ६ जना जुवाडे पक्राउ

१६ जेष्ठ २०७५, बुधबार १५:१४
 

सदरलाइनडटकम
१६ जेठ, नेपालगन्ज : बाँके प्रहरीले नेपालगन्जको सुर्खेतरोडमा रहेको होटल ग्यालेक्सी दरबारबाट ६ जना जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रणबहादुर विष्टले दिएको जानकारी अनुसार बुधबार दिउसो करिव साढे १ बजे सो होटलको कोठा नं. २१० मा जुवाखेल्दै गरेका ६ जना जुवाडे र उनीहरुको साथमा रहेको ७० हजार ८ सय १० रुपैया समेत बरामद गरेको छ ।
प्रहरी निरिक्षक विष्टले पक्राउ परेका जुवाडेहरु माथि अनुसंन्धान सुरु भएको जानकारी दिए । पछिल्लो समयमा बाँके प्रहरीले जुवा तास नियन्त्रणको लागि विषेश अभियान सञ्चालनमा ल्याएको छ ।

Next Post

हिरमिनियाँमा टेक्टर पल्टिदा एकको मृत्यु

१६ जेष्ठ २०७५, बुधबार १५:१४
सदरलाइनडटकम १६ जेठ नेपालगन्ज : बाँकेको डुडुवा गाउपालिका वडा नं. ६ हिरमिनियामा टेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बुधबार विहान साढे ११ बजे तीब्र गतिमा रहेका भे१त ५९८६ नं.को टेक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया फुलकला लोनियाँको मृत्यु भएको […]