सदरलाइनडटकम,
दाङ : दाङको लमही नजिकै बस दुर्घटना हँुदा १४ जना घाइते भएका छन् । आइतवार बिहान १० बजे लमही ३ फल्कापुरमा बस दुर्घटनामा भएको हो । इलाका प्रहरी कार्यालय लमहीका अनुसार बुटवलबाट धनगढी जाँदै गरेको लु १ ख ८६३० नम्बरको यात्रु वाहक बस दुर्घटनामा परेको हो ।
बसको पट्टा भाँचिदा सडकदेखि तल खसेको ईलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । घाइते सबैको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
