चितवन सेवा समाज बाँकेद्वारा बृद्धाश्रमलाई सहयोग

५ जेष्ठ २०७५, शनिबार २०:१५
 

सदरलाइनडटकम  
५ जेठ, नेपालगन्ज  : चितवन सेवा समाजले शनिवार नेपालगन्जको निलसागर बृद्धाश्रमलाई खाद्यन्न तथा पंखा सहयोग गरेको छ ।
चितवन सेवा समाजका पुर्व अध्यक्ष तथा सल्लाहकार कपिल अधिकारीले बृद्धाश्रममा ३ थान पंखा र दिउसो खाजाको लागि आवश्यक पर्ने विभिन्न प्रकारका खाद्य सामाग्री उपलब्ध गराएको जानकारी दिए ।
समाजका अध्यक्ष चन्द्र श्रेष्ठको अध्यक्षतामा भएको खाद्यन्न तथा पंखा वितरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले बृद्धाश्रम एउटा मन्दिरको रुपमा रहेकोले सबैले जेष्ठ नागरिकको सम्मान गर्न आवश्यक रहेकोे औल्याए ।
निल सागर बृद्धाश्रमका अध्यक्ष सरिता खनालले २ वर्षको अवधिमा ६२ जनालाई पुर्नमिलन गराईसकेको र हाल आश्रममा ३० जना अशक्त असाय र दुई जना बालबालिका बसोबास गर्दै आएको जानकारी दिईन ।
कार्यक्रममा निलसागरका उपाध्यक्ष अमन सुवेदी, सदस्य रेशम सापकोटाको साथमा संस्थाका बृद्धबृद्धाहरु उपस्थित रहेका थिए भने चितवन सेवा समाजका संस्थापक सदस्य, बर्तमान पदाधिकारीहरु र संस्थासंग सहकार्य गर्ने सहयोगिहातहरुको समेत उपस्थिति रहेको थियो । सो कार्यक्रम समाजका सचिव भरत महतोले संचालन गरेका थिए ।

Next Post

नृत्य प्रतियोगिताको छनौट कार्यक्रम सम्पन्न

५ जेष्ठ २०७५, शनिबार २०:१५
सदरलाइनडटकम  ५ जेठ, कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा पश्चिम नेपालकै उच्च राशिको नृत्य प्रतियोगिताको छनौट राउण्ड शनिबार सम्पन्न भएको छ । कोहलपुरको साईनिङ्ग स्टार विद्यालयमा शनिबार छनौटका प्रतियोगिता सबै सम्पन्न भएको आयोजक निहारिका फिल्मस् प्रालिका अध्यक्ष मम्मुन शाक्य श्रेष्ठले जानकारी दिए । उनले आउने शनिबार तेस्रो राउण्डका लागि ५० जना […]