कोरोना संक्रमणबाट थप एकको मृत्यु

४ भाद्र २०७७, बिहीबार १७:२४
 

चितवन : चितवनमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिकाका ६५ वर्षीय पुरुषको भरतपुर अस्पतालको आइसियुमा उपचारका क्रममा बिहीवार मृत्यु भएको अस्पतालले जनाएको छ ।


ज्यान गुमाउने पुरुष ६ दिनदेखि आइसियुमा उपचाररत थिए । उनी दीर्घ रोगीसमेत रहेको भरतपुर अस्पतालले जनाएको छ । चितवनमा अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

Next Post

बाँकेका थप ५१ जना कोरोनामुक्त

४ भाद्र २०७७, बिहीबार १७:२४
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ५१ जना कोरोनमुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त भएर घर फर्किनेको संख्या ५ सय ४७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार कौशिल्यानगर आर्मी आइसोलेशन, नेपालगञ्ज मेडिकल कलेज चिसापानी आइसोलेशन, होटेल सिटी प्यालेस, खुल्ला कारागार, सुशील कोइराला […]

सम्बन्धित