सहमति पछि कोहलपुरको तनाव हट्यो

४ जेष्ठ २०७५, शुक्रबार १६:४९
 


सदरलाइनडटकम
४ ज्येष्ठ, नेपालगन्ज :  कोहलपुरमा गाडीको ठक्करबाट बुधबार मृत्यू भएका शिक्षक ऋषिराम चापागाईका आफन्त र पिडक पक्षबिच ४ बु“दे सहमती भएपछि तनाव अन्त्य भएको छ । शुक्रबार ४ बु“दे सहमती भएपछि परिवारले मृतक चापागाईको शवं बुझेका छन् ।
स्थानीय राजनितिक दल, स्थानीय जनप्रतिनिधी, प्रहरी र मृतकका आफन्त लगायतको उपस्थितमा ४ बु“दे सहमती भएको हो ।
मृतक चापागाईले अध्यापन गराउ“दै आएको श्री राम मावि हवल्दारपुरमा मृतकको श्रीमतीलाई योग्यता अनुसारको रोजगारीको व्यवस्था गर्ने, गाडि चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कडा कारवाहि गर्ने, कोहलपुर नगरपालिकाले अक्षयकोष खडा गरी मृतकका बाल बच्चालाई पठन पाठनको लागि कम्तिमा स्नातक तहसम्म सहयोग गर्ने र यसै दुर्घटनाका विषयलाई लिएर मृतकका आफन्त तथा विद्यार्थीले कुनै पनि किसिमको विरोध आन्दोलन नगर्ने सहमती भएको छ ।
यसैगरी घटनाको विरोध तथा आन्दोलनको क्रममा पक्राउ परेका विद्यार्थीलाई तुरुन्त रिहा गर्ने सहमति समेत प्रशासनसँग भएको छ । कोहलपुर नगरपालिका १०, रामनगरमा दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ६५५ नम्बरको गाडीले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ४५ वर्षीय चापागाईको बुधबार राती मृत्यू भएको थियो ।
मृतकको शव शुक्रबार नै बुझी अन्तिम दासंस्कार गरिएको परिवारले जनाएका छन् । विभिन्न माग राख्दै मृतकका आफन्त, शिक्षक, विद्यार्थी लगायतले कोहलपुरमा आन्दोलन गरेका थिए ।

Next Post

प्रशासकीय कार्यविधिसहित ३ वटा विधेयक स्वीकृत गर्दै नेपालगन्ज उपमहानगरको दोस्रो नगरसभा सम्पन्न

४ जेष्ठ २०७५, शुक्रबार १६:४९
सदरलाइनडटकम ४ जेठ, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको शुक्रबार दोस्रो नगरसभा सम्पन्न भएको छ । सो साधारण सभाले ३ वटा महत्वपूर्ण विधेयकहरु स्वीकृत गर्दै बजेट, योजना तथा कार्यक्रम रकमान्तर तथा संशोधन गरेको हो । सो साधारण सभाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० र २१ बमोजिम प्रशासकीय कार्यविधि (नियमित […]