बाँकेको बाघखोर मोडमा बसदुर्घटना हुँदा दर्जनबढी घाइते

२ मंसिर २०७६, सोमबार १०:५०
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : दाङ्ग तुल्सिपुरबाट नेपालगञ्ज आउँदै गरेको ना ५ ख ६४४९ नम्बरको यात्रुबाहक बस सोमबार बिहान पौने ८बजे बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ मा पर्ने बाघखोर मोडमा दुर्घटना भएको छ ।
तीब्र गतिमा रहेको सो बस सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक ओम पौडेलले जानकारी दिए । उनले सो दुर्घटनामा परी दर्जनबढी यात्रु घाइते भएको र ११ जना घाइतेलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएको बताए ।
घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते मध्य रुकुम चौरझारी–१३ का ५३ बर्षिय दलबहादुर मल्ल, दाङ तुल्सिपुर–१४ का ४० वर्षिय दिलबहादुर बस्नेत र गाडीका सह चालक राप्तिसोनारी वडा नम्बर ३ का मानबहादुर बस्नेत गम्भीर रहेका छन् । यसैगरी तुलसीपुरकी आसा बस्नेत, कोहलपुर नगरपालिका वडा नम्बर ११ कि जानकी पुनलगायतलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएको छ ।
प्रहरी नायव निरीक्षक पौडेलले घाइतेहरुको उद्दार कार्य जारी रहेको र पूर्ण विबरण आउन बाँकी रहेको बताए ।

Next Post

सिक्टा सिँचाइ निर्माणको अवरोध हट्यो

२ मंसिर २०७६, सोमबार १०:५०
सदरलाइनडटकम, नरैनापुर (बाँके) : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पूर्वी नहर खण्डको निर्माण कार्यका विषयमा टुङ्गो लागेको छ । सिक्टाको पूर्वी खण्ड विस्तारका लागि नरैनापुर क्षेत्रअन्तर्गत कहाँबाट नहर विस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो । लामो समयदेखि विवादित हुँदै आएको उक्त क्षेत्रमा पूर्व्निर्धा्रित योजना […]