‘बाँके डान्स् आईडल’ हुने

१२ बैशाख २०७५, बुधबार १८:३६
 

सदरलाइनडटकम
१२ बैशाख, नेपालगन्ज :  निहारिका फिल्म् प्रालिले ‘बाँके डान्स् आइडल’ आयोजना गर्ने भएको छ । हरेक उमेर समूहका युवा युवतीहरुलाई समेटेर उक्त नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको निहारिका फिल्म् प्रालिका प्रमुख दिपक श्रेष्ठले जानकारी दिएका छन् ।
श्रेष्ठले प्रतियोगिता पश्चिम नेपालकै पहिलो पटक राष्ट्रिय स्तरको टेलिभिजन रियालिटी शो बन्ने दाबी गरे । उक्त प्रतियोगिताका अन्तिम प्रतिस्पर्धाहरु नेपाल टेलिभिजनको कोहलपुर प्रशारणबाट प्रशारण हुने श्रेष्ठले बताए । प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख, द्धितिय पुरस्कार ५० हजार, तिृतय पुरस्कार २५ हजार, चौथो र पांचौ पुरस्कार कभर भिडियो छायाँकनको अवसर दिने आयोजकले बताएको छ ।
बैशाख २९ गतेदेखि उक्त प्रतियोगिता शुरु हुने छ । बाँके आइडल्स् भने पनि ५ नम्बर लगायतको अन्य जिल्लाका प्रतिस्पर्धाी पनि सहभागि हुन पाउने श्रेष्ठले बताए ।

Next Post

नरैनापुरमा झण्डै १ हजार २ सयले लिए निशुल्क स्वास्थ्य सेवा

१२ बैशाख २०७५, बुधबार १८:३६
सदरलाइनडटकम   १२ बैशाख नेपालगन्ज  : बाँकेको पिछडिएको क्षेत्रको रुपमा परिचित नरैनापुर गाउँपालिकामा तीन दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । विकट क्षेत्र भएको र स्वास्थ्यकर्मी नियमित सम्बन्धित स्वास्थ्य केन्द्रमा बस्न नमान्ने गरेको कारण हरेक वर्ष गाउपालिकाले यसरी नै स्वास्थ्य शिविरको आयोजना गरि स्थानीयलाई स्वास्थ्य सेवा दिने गरेको हो । […]