बाथ रोग कसरी चिन्ने ?

५ बैशाख २०७५, बुधबार १६:१६
 

डा. बिनय रेग्मी
बाथ रोग नेपाली जनमानसमा अत्यन्त परिचित रोग हो । मानिसको आफ्नै शरिरमा रहेको ‘आउटो एण्टिबडि’ ले गर्दा बाथ रोग लाग्दछ जसले शरिरका बिभिन्न जोर्नीहरु र अरु अङ्गहरुमा असर गर्दछ ।
बाथ रोगमा जोर्नी दुख्ने मात्र नभई यसले शरिरका बिभिन्न अङ्गहरु जस्तैः मुटु, कलेजो, फोक्सो, मृगौला आदिमा असर गर्दछ ।
बाथ रोगमा जोर्नीको दुखाईसँगै अन्य लक्षणहरुपनि देखिन्छन् ।
जोर्नी सुन्निने, निलो हुने र दुख्ने ।
जोर्नी बाङ्गोटिङ्गो हुने ।
जिउ सुन्निने ।
शरिरमा डाबर आउने ।
मुख सुख्खा हुने ।
आँसु नआउने ।
कपाल झर्ने ।
घाममा निस्कँदा पोतो आउने ।
लामो समयसम्म ज्वरो आउने ।
युवा अवस्थामा नै उच्च रक्तचाप देखिने ।
गर्भमा रहेको बच्चा नरहने (बारम्बार समय अघिनै खस्ने) वा बाँझोपन हुने ।
पिनास हुने र पिनास पटक पटकको उपचारपछि पनि निको नहुने ।
खोकी लाग्ने र खकारमा रगत आउने ।
पिसाबमा रगत जाने र जोर्नी दुख्ने ।
ढाड दुख्ने र करकर जिउ दुखिरहने तर काम गर्दैजाँदा निको हुने । राति कोल्टेफेर्न नसकिने ।
आँखा अचानक रातो हुने ।
टाउको धेरै दुख्ने र अचानक आँखाको दृष्टि हराउने ।
मांशपेसी कमजोर हुने र उठबस, हिडडुल तथा सानोतिनो काम सम्म पनि गर्न नसक्ने ।
आफुमा यस्ता लक्षणहरु देखिएको छ भने नजिकको बाथरोग बिशेषज्ञलाई भेटेर परामर्श तथा उपचार गराउनु जरुरी हुन्छ ।


(ग्राण्डी अन्तराष्ट्रिय अस्पताल, धापासीमा कार्यरत डा. रेग्मीले भारतको नयाँदिल्ली स्थित एम्सबाट बाथरोगमा फेलोसिप गरेका छन । उनी हरेक महिनाको तेश्रो शुक्रबार र शनिवार नेपालगन्जको धम्बोझीचोकस्थित जे.शर्मा क्लिनिकमा परामर्शका लागि उपलब्ध छन् ।)

Next Post

पशु स्वास्थ्य सेवा प्रभावकारी, पशु चौपाया मृत्युदर घटयो

५ बैशाख २०७५, बुधबार १६:१६
सदरलाइनडटकम ५ बैशाख, नेपालगन्ज    :  बाँकेको डुडुवा गाउँपालिकामा शुरु गरिएको घर घरमा पशु स्वास्थ्य सेवाले पशु मृत्युदर घटेको छ । गाउँपालिकाले अहिले घर घरमा निशुल्क पशु औषधी उपचार गर्न थालेपछि पशु जनावारको मृत्युदर घटेको हो । समयमा औषधी उपचार नपाएर अधिकास पशु चौपाया रोगबाट मर्ने गरेको गाउँपालिकाका पशु चिकित्सक अशोक कुमार […]