नौ करोडमा खजुरामा शीतभण्डार बन्दै

१ फाल्गुन २०७६, बिहीबार १७:१६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा शित भण्डारको शिलन्यास भएको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा रहेको १ बिगाह ७ कठ्ठा जमिनमा निर्माण हुन लागेको शित भण्डारको ५ नं. प्रदेश भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले बिहीवार शिलन्यास गरेकी हुन् ।
प्रदेश नं ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १५ सय मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शित भण्डार करीब ९ करोड लगानीमा तयार हुने गरि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर)समेत तयार भईसकेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेले खजुराका किसानले तरकारी उत्पादन गर्नेदेखि कृषकहरु सबैको सहभागितामा शित भण्डार निर्माणको सह्राना गरिन् । शित भण्डारले यस क्षेत्रका किसानहरु उत्साहित गरेको भन्दै उनले गाउँपालिकाले अघि सारेको खजुरा क्षेत्रलाई कृषि हब बनाउने उद्देश्यलाई टेवा पुग्ने बताईन् ।
खजुराको गौरवको योजनामध्ये शित भण्डार पनि रहेको बताउदै खजुराका अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रदेश सरकारले गाउँपालिकाको खातामा ५ करोड रकम पठाईसकेको जानकारी दिए । बाँकी ४ करोड रकमको ५१ प्रतिशत गाउँपालिकाले लगानी गर्ने र ४९ प्रतिशत खजुरामा रहेका क्रियाशिल सहकारी सञ्जालले लगानी गर्ने सहमति भएको अध्यक्ष पक्षपतिले बताए ।
पहिलो चरणमा २ करोड ७८ लाख बराबरको कम्पाउण्ड पर्खाल र स्टक्चर आगामी बैशाख सम्म निर्माण गरिने गाउँपालिकाका योजना प्रमुख दिलबहादुर पौडेलले जानकारी दिए । शित भण्डारको निर्माणपछि सञ्चालन र ब्यबस्थापन गर्ने जिम्मा सहकारी सञ्जालले गर्ने बताउँदै उनले अनुगमन र नियमन गाउँपालिकाले गर्ने बताए । खजुरा गाउँपालिकामा निर्माण हन लागेको शित भण्डारको निर्माण प्यारामाउण्ट कन्स्ट्रक्शन ललितपुरले गर्ने जनाईएको छ ।

Next Post

विद्युत प्राधिकरण नेपालगञ्जमा एकद्वार प्रणाली

१ फाल्गुन २०७६, बिहीबार १७:१६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले सेवाग्राहीको सुविधाका लागि एकद्वार प्रणालीको शुरुवात गरेको छ । सेवा प्रयोजनमा प्रक्रियागत कामका लागि विभिन्न फाँट चहार्नु पर्ने समस्याको अन्त्य गर्दै वितरण केन्द्रले एकद्वार प्रणालीको शुरुवात गरेको हो । सेवाग्राहीले अबका दिनमा एउटै ठाउँबाट सेवा पाउने वितरण केन्द्रले जनाएको छ । […]

सम्बन्धित