गाँजा बरामद पछि नष्ट

३ बैशाख २०७५, सोमबार १९:१८
 

सदरलाइनडटकम  
३ बैशाख, चितवन : सशस्त्र प्रहरी बल गढीमार्इ गण भण्डाराले पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर स्थित परेवास्वरी सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा अन्दाजी एक क्वीन्टल गाँजा बरामद गरेको छ।
सोमबार बिहान करिब ४ बजेको समयमा बरामद गरिएको सो गाँजा र्इलाका प्रहरी कार्यालयका प्रतिनिधि , पत्रकार र राप्ती–६ का वडा अध्यक्ष जल्लु चौधरीको रोहवरमा नष्ट गरिएको गणका सशस्त्रका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
सुराकीको आधारमा सशस्त्र प्रहरी नायव निरीक्षक उत्तर वार्इवाको नेतृत्वमा ९ जनाको टोलीले सो परिमाणको गाँजा बरामद गरेको थियो । डिलु नेपालको सहयोगमा

Next Post

प्रदेश ५ को बजेट पारित

३ बैशाख २०७५, सोमबार १९:१८
सदरलाइनडटकम ३ बैशाख, नेपालगन्ज  :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार संघीय सरकारको कृपाको आधारमा नभएर अधिकारको रुपमा स्थापित हुनुपर्ने बताएका छन् । आर्थिक बर्ष २०७४ /०७५ को बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले संबिधानप्रदत्त अधिकारहरु अहिलेसम्म संघीय सरकारले हस्तान्तरण नगरेकाले कारण प्रदेश सरकारले बिनियोजन गरेको […]