सदरलाइनडटकम,
कपिलबस्तु : पाँच नंम्बर प्रदेश प्रहरी ब्यूरोको टोलीले कपिलबस्तुको चनौटाबाट प्रतिबन्धित लागू औषध १८ किलो चरेश तीनजनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान ब्यरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्री नेतृत्वको टोलीले रोल्पा सुनछाहरी–२ का ४१ व्र्षिय गोपी बुढा, दाङ्ग राप्ती गाउपालिका–१ घरभई हाल कपिलवस्तु शिवराज गरपालिका–५ का ४१ व्र्षिय जितमान मिया, ३१ वर्षिय रामतुला मियाको साथबाट सो चरेश र रा ४ प १११५ मोटरसाइकल समेत बरामद भएको हो ।
उनीहरुलाई बरामदी मुचुल्का गरी आवश्यक अनुसंन्धान र कारवाहीको लागि ईलाका प्रहरी कार्यालय चनौटाको जिम्मा लगाईएको प्रहरी निकट स्रोतले जनाएको छ ।