सदरलाइनडटकम
२० चैत, नेपालगन्ज : नेपालगन्ज उप—महानगरपालिका पशु सेवा शाखाको आयोजनामा आज निशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ । वडा नं.२१ को पुरैना गांऊमा संचालित निःशुल्क पशु स्वास्थ्य शिविरको उपमेयर उमा थापामगरले उद्घाटन गरिन ।
वडा अध्यक्ष रन्जित खां को उपस्थिति मा संचालित शिविरमा डा.अपार पौडेल, पशु विकास अधिकृत भोज ब रावल लगायतले पशुको स्वास्थ्य जाँच गरेका छन् ।
