हनुमान जयन्तीमा बिशाल शोभा यात्रा

१७ चैत्र २०७४, शनिबार २०:०१
 

सदरलाइनडटकम 
१७ चैत, नेपालगन्ज : हनुमान जयन्तीको अवसरमा शनिवार नेपालगन्जमा बिशाल शोभायात्रा निकालिएको छ । बिहान नेपालगन्ज नगरक्षेत्र भित्र हनुमान भक्तहरुले शोभा यात्रा निकालेका थिए ।
शोभायात्रा शितलनगर मन्दिरदेखि शुरु भइ त्रिभुवन चोक, न्यूरोड, सेतु बिक चोक, धम्बोझी चोक, घरबारीटोल, सुर्खेतरोड हुदै परिक्रमा गरेर हनुमान गढी हनुमत गौशालामा पुगेर समापन भएको थियो ।
बिहानैदेखि सुन्दरकाण्ड पाठ, भजन कीर्तन, महाआरती तथा विशाल भण्डारा गरिएको आयोजकले जनाएको छ । श्री सुन्दर काण्ड मित्र मण्डल, हनुमत गौशालाको आयोजनामा भएको जन्मोत्सव कार्यक्रममा अखण्ड रामायण पाठ अष्टयाम संकीर्तन जन्मोत्सव सञ्चालन समेत भएको छ ।
जन्मोत्सवमा प्रसिद्ध भजन गायक नमुना महेश्वरी, धर्मेन्द्र पाण्डे, ज्योति गोश्वामी, पवन मिश्रा, आशु गोस्वामी भारतको टोलीको प्रस्तुती गर्ने आयोजकले जनाएको छ । नेपालगञ्जस्थित हनुमत गौशालामा श्री हनुमान जन्मोत्सव सुरु भएको छ । १५ गतेदेखि शुरु भएको जन्मोत्सवमा दैनिक भजन कीर्तन र पूजापाठ हुँदै आएको छ   

Next Post

जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?

१७ चैत्र २०७४, शनिबार २०:०१
डा.चक्रराज पाण्डे ग्रान्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौको मेडिकल डाइरेक्टर हुन् । पाण्डेले बिगत २१ वर्षदेखि निरन्तर रुपमा जोर्नी प्रत्यारोपण गर्दै आएका छन् । उनले जोर्नीको उपचारका बारेमा दिएको स्वास्थ्य जनाकारीलाई अस्पतालको अनलाइन पेजबाट साभार गरीएको हो । शरिरको चल्ने भाग छ, त्यसलाई हामी जोर्नी भन्छौं । हात र पाखुराको बीच […]