नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्षका लागि जिब्रो छेडियो

रुद्र सुवेदी १८ आश्विन २०७९, मंगलवार १५:२२
 

नेपालगञ्ज : बडा दशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने परम्परा चलि आएको छ ।

नेपालगञ्जमा रहेको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा बडादशैको घस्टस्थापनाको दिनदेखि नै निराहर ब्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलि आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दीरका मुलपुरोहित चन्द्रनाथ योगीले जानकारी दिए । उनले केही समय अघिसम्म भक्तजनले देबिलाई जिब्रो नै काटेर चढाउने गरिए पनि अहिले भने जिब्रो छेडेर दर्शन गर्ने चलन रहेको बताए ।

उनले भक्तजनले मेरो यो काम पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि जिब्रो छेड्ने परम्परा रहि आएको तर, भाकल सामाजिक भलो हुने तथा सकारात्मक र अरुलाई हानी नपुराउने मात्र पुरा हुने बताए । उनले देविको मन्दिरमा पशुवली चढाउने परम्पपरा रहेको र केही भक्त जनहरुले आफ्नै रगत चढाउने उदेश्यले जिब्रो छेड्ने गरेको स्पष्ट पारे ।


नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे जानकारी दिए ।

नेपालगञ्जको बागेश्वरी मन्दीरमा बडा दशै र चैतेदशैमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ । निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षा हुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।

यसैबीच मंगलबार नवमीको दिन लोयिनपुरवाका ७० वर्षिय रतिरम लोनिया, ७० वर्षिय भगौती धारुक, ३५ वर्षिय प्रेमकुमार चौहान, आशराम लोनिया, ३२ वर्षिय उत्तम चौहानलगायतले आफ्नो भाकल पुरा भएको उपलक्षमा जिब्रो छेडेर बागेश्वरी देबिको दर्शन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैमा स्थापना गरिएका देवीका मूर्ती झरीमै भिजेरै विर्षजन

१८ आश्विन २०७९, मंगलवार १५:२२
नेपालगञ्ज : दुई दिनदेखि अबिरल वर्षातको कारण बाँकेमा बडा दशैका लागि स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती वर्षातको प्रवाह नगरी पानीमा भिजेरै विर्षजन ढिलो गरी राप्तीनदी तथा मानखोलामा गरिएको छ । बाँकेको कम्दी घाटमा रहेको राप्तीनदीको पुल मुनी दशैमा स्थापना गरिएका करिव हजार बढी मुर्ती बिर्शजन गरिएको छ । कोहलपुर र […]