बाँकेमा बाढीले घर भत्किदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

२८ श्रावण २०७४, शनिबार १०:५३
 

सदरलाइनडटकम 
२८ साउन, नेपालगन्ज : शुक्रबारदेखि अविरल परेको पानीका कारण आएको बाढीले बाँकेमा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ । भने एक जना पुरुषको समेत शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार बाँके राप्ती सोनारी–४ लालपुरमा राप्तीनदीमा आएको बाढीमा परेर डुवेको अवस्थामा एक पुरुषको शव भेटिनुको साथै सोही ठाँउमा बाढीको पानी पसेर घर भत्किदा एकै परिवारको ३ जना बालिकाको मृत्यु भएको छ ।
राप्ती सोनारी–४ लालपुरका कबिराज थारुको घरमा बाढीको पानी पसेर घर भत्किदा १२ वर्षिया अञ्जु थारु, ९ वर्षकी सरीता थारु र ७ वर्षकी सुस्मिता थारुको घरले पुरिएर मृत्यु भएको हो । पानीमा डुविराखेको अवस्थामा भेटिएको शवको भने सनाखत हुन सकेको छैन ।
प्रहरी उपरीक्षक तामाङ्गले घटनास्थलमा उद्दारको लागि प्रहरी परिचालन गरिएको बताए । बाँकेमा राप्तीनदीको सतह बढ्दा बाँकेको डुडुवा गाउपालिकाको होलिया बेतहनी लगायतका विभिन्न क्षेत्रहरु डुवानमा परेका छन् ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बाढीबाट प्रभावित हुने स्थानहरुको पहिचान गरी क्षति न्यूनिकरण गर्न र हुनसक्ने जोखिबाट बचाउन विभिन्न टोलि परिचालन गरेको र केही तयारी अवस्थामा राखेको जानकारी दिए ।
यसैगरी रातभरी परेको पानीको कारण पूर्वपश्चिम सडकखण्डको कोहलपुर– कुसुम क्षेत्रमा पर्ने गाभर खोला र गन्धौली नालाको पुल बगाउदा बाटो अवरुद्ध भएको छ ।
अगैयादेखि ८ किलोमिटर पूर्व रहेको गाभर खोला र ४ किलोमिटर पश्चिम रहेको गन्धौली नालामा सडक बिभागले डाईभर्सन निर्माण गरी बाटो सुचारु गर्नको लागि पहल गरे पनि ती खोलामा पानीको बाहव तीब्र भएको कारण हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बाढीले सयौ घर डुवानमा, बिहानैदेखि बाढीपीडित भोकभोकै बस्न बाध्य

२८ श्रावण २०७४, शनिबार १०:५३
सदरलाइन / रुद्र सुवेदी २८ साउन, नेपालगन्ज : शुक्रबारदेखि अविरल परेको पानीका कारण राप्तीनदी तथा आसपासका नदी र खोलामा पानीको सतह बढ्दा बाँकेको डुडुवा गाउपालिकाको कम्दी, होलिया बेतहनी लगायतका विभिन्न क्षेत्रहरु डुवानमा परेका छन् । बाढी पसेको कारण विहानैदेखि पीडितहरु बाटो तथा सुरक्षित ठाँउमा भोकभोकै बसेका छन् । त्यसैगरी बाँकेको […]

सम्बन्धित