बाँकेबाट भण्डारी राप्रपाको केन्द्रीय सदस्यमा मनोनित

सदरलाइन संवाददाता २० पुष २०७८, मंगलवार १६:५६
 

नेपालगञ्ज : बाँकेबाट प्रेमबहादुर भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जना केन्द्रीय सदस्य मनोनयन गर्नेक्रममा बाँकेबाट भण्डारी परेका हुन् । पूर्वमन्त्री भण्डारी लामो समयदेखि राप्रपामा आवद्ध प्रभावशाली नेता हुन् ।

यस्तै सुर्खेतका मुकुन्दश्याम गिरी, रोल्पाका बालाराम घर्तिमगर, रुकुमपूर्वका केशव चन्द्र हमाल, जुम्लाका रमानन्द न्यौपाने, कैलालीका वीरेन्द्र बम र अछामका श्यामबहादुर शाही पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।


राप्रपामा पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था छ । पहिलो चरणमा ३१ जना केन्द्रीय सदस्य मनोनयन गरिएको लिङ्देनको सचिवालयले जनाएको छ । गत मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षसहित १४९ जना निर्वाचित भएका थिए ।

दोस्रो चरणमा पदाधिकारीहरू मनोनयन गर्ने कार्यक्रम रहेको बताइएको छ । राप्रपामा चार उपाध्यक्ष, तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, कोषाध्यक्ष र सहायक कोषाध्यक्ष मनोनयन गर्ने प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसो बढेपछि नेपालगञ्जका सार्वजनिक स्थानमा उपमहानगरद्वारा आगो ताप्ने व्यवस्था

२० पुष २०७८, मंगलवार १६:५६
नेपालगञ्ज : अत्याधिक चिसो तथा हुस्सुले जनजीवन प्रभावित बनाएपछि नेपालगञ्ज उपमहानगरले सार्वजनिक स्थानमा आगो बाल्नको लागि दाउरा खसाल्न सुरु गरेको छ । मंगलबार बिहानैदेखि घाम नलागि बाक्लो हुस्सु र चिसो स्याँठ चल्न थालेपछि नेपालगञ्जको त्रीभुवन चोक तथा मानिसहरु अत्याधिक भिडभाड रहने स्थानमा ड्रम राखेर दाउरा बाल्न सुरु गरिएको नेपालगञ्ज उपमहानगरका […]