त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

२८ फाल्गुन २०७४, सोमबार १५:२५
 

सदरलाइनडटकम  
२८ फागुन, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो।
विमान बंगलादेशको जहाज धावनमार्गमा आगलागी भएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए। दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्यक्रम भइरहेको जानकारी दिए। सो विमानमा चालक दलका ४ जना सहित ७१ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ ।विमानमा रहेका १४ जनाको उद्दार गरी उनीहरुलाई उपचारको लागि अस्पताल पठाईएको छ ।
विस्तृत केहीबेरमा आउँने बताईएको छ । फोटो : दैनिक नेपाल


Next Post

अग्नी नियन्त्रकलाई व्यावसायिक र अभ्यास तालिम

२८ फाल्गुन २०७४, सोमबार १५:२५
सदरलाइनडटकम  २८ फागुन, नेपालगन्ज : नेपालगन्ज उप–महानगरका प्रमुख डा. धवल शम्शेर राणाले बारुणयन्त्र शाखामा कार्यरत अग्नी नियन्त्रकलाई व्यावसायिक तालिम अत्यन्त आवश्यक रहेको बताएका छन् । नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा सञ्चालनमा रहेको १० दिने एडभान्स फायर फाईटिङ, रेस्क्यु र हजमत ह्यान्डलिङ तालिमको समापन गर्दै सो कुरा बताएका हुन । उनले आगलागिका घटना […]

सम्बन्धित