आयुर्वेद औषधालय कोहलपुरको समन्वयमा हवल्दारपुरमा स्वास्थ्य शिविर

२६ फाल्गुन २०७४, शनिबार १९:५६
 

सदरलाइनडटकम
२६ फागुन, कोहलपुर : आयुर्वेदिक औषधालय कोहलपुरको समन्वय तथा कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा कोहलपुरकोे वडा नं. १४ हवल्दारपुरमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
शिविरमा कोहलपुर नगरपालिका –१४ का ६ सय ५३ जना नागरिकहरुले सेवा लिएको कोहलपुर आयूर्वेद औषधालयका प्रमुख उदिप श्रेष्ठले जानकारी दिए ।
हालै स्टिमबक्स प्रविधि भित्राएको औषधालयले कोहलपुर नगरपालिकासँगको समन्वयमा बिभिन्न वडाहरुमा निःशुल्क स्वाथ्य शिविर संचालन गर्दै आएको श्रेष्ठले बताए ।
शिविरमा ९१ जना जेष्ठ नागरिकका अलावा १५ जना स्तनपाई आमाहरुले समेत स्वाथ्य लाभ लिएका थिए भने ८४ जनाले स्टिम बाथ प्रविधिमार्फत उपचार गराएको श्रेष्ठले बताए । शिविरमा निःशुल्क स्वास्थ्य परिक्षणसँगै औषधी समेत बितरण गरिएको थियो ।


Next Post

प्रथम मेयरकप रनिङ्ग शिल्डको उपाधि गोरखाको पोल्टोमा

२६ फाल्गुन २०७४, शनिबार १९:५६
सदरलाइनडटकम  २६ फागुन, कोहलपुर : बाँकेको कोहलपुरमा सञ्चालन भएको प्रथम अन्तर माविस्तरिय मेयरकप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि गोरखा यूनाईटेड पब्लिक स्कुलले हात पारेको छ । कोहलपुर नगरपालिकाको ओजनामा तेह्र विगाह मैदानमा शनिबार सम्पन्न भएको प्रतियोगितामा गोरखा यूनाईटेड पब्लिक स्कुलले उपाधि सहित नगद ५१ हजार रुपैयाँ, रनिङ्ग शिल्ड प्राप्त गर्न […]