दाङमा व्यावसायिक फुटबल प्रशिक्षण केन्द्र सञ्चालन

सदरलाइन संवाददाता १९ श्रावण २०८०, शुक्रबार १५:४०
 

दाङ : दाङमा बालबालिकालाई फुटबल खेल सम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका–१५ भ्यालीटप टोलमा सञ्चालनमा आएको हो ।

बालबालिकालाई फुटबल खेलसँगै खेलसँग सम्बन्धीत आवश्यक नीति नियमहरुका बारेमा जानकारी दिने उद्देश्यले एकेडेमी स्थापना गरिएको हो । बढ्दो फुटबल खेलप्रतिको बालबालिकाको क्रेजलाई मध्यनजर गर्दै जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्न सक्ने खेलाडीहरु उत्पादन गर्ने उद्देश्य अनुसार लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा ल्याइएको समिर वलीले बताए ।

नेपाल फुटबल संघका लुम्बिनी प्रदेश उपमहासचिव समेत रहेका वलीले फुटबल खेलप्रति रुचि राख्ने बालबालिकालाई फुटवल खेल खेल्ने तरिका, फुटबल सम्बन्धी सैधान्तिक पक्षसँगै अनुशासन, शिक्षालगायतका कुराहरु सिकाइने बताए । फुटबल क्षेत्रमै आवद्ध भएकाले आफूले प्रशिक्षण केन्द्र सञ्चालन गरेको भन्दै अध्यक्ष वलीले भने, “लुम्बिनी फुटबल एकेडेमी भनेको बालबालिकाको प्रशिक्षण केन्द्र, यसले जिल्लाको फुटबल खेलसँगै खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।”

पहिलो चरणमा प्रशिक्षण केन्द्रमा ३० जना बालबालिकलाई भर्ना गर्ने तयारी भएपनि अहिलेसम्म करिब १५–२० जना बालबालिकाहरु भर्ना भएको अध्यक्ष वलीले बताए । बालबालिकालाई प्रशिक्षणका लागि एफसी लाइेन्स प्राप्त रेफ्री खुमबहादुर वली र बिनोद विकलाई प्रशिक्षकमा नियुक्त गरिएको छ ।


प्रशिक्षण केन्द्रमा भर्ना हुने बालबालिकाको पढाईका लागि एकेडेमीले घोराहीमा रहेको नेपाल प्रहरी बोर्डिङ स्कुलसँग सम्झौता गरेको संयोजक वलीले बताए । उनले भने, “अहिले हामीले बालबालिकालाई खेल सम्बन्धी गरेको लगानी भोली राष्ट्रिय टिममा देखियोस भन्ने हो, त्यहीका लागि प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएका छौं ।”

अहिले आफू जस्तै ४–५ जना युवाहरु मिलेर प्रशिक्षण केन्द्र सञ्चालन गरेको भन्दै अध्यक्ष वलीले यसलाई दिर्घकालिन रुपमा अघि बढाउनका लागि स्थानीय सरकार, प्रदेश सरकारसँगै एन्फालगायतका विभिन्न संघसस्थाहरुसँग आवश्यक सहयोगका लागि आह्वानसँगै पहल गरिरहेको बताए । उनका अनुसार प्रशिक्षणमा १६ देखि १९ वर्ष उमेर समूहका बालबालिकाहरु भर्ना हुन पाउनेछन् । केन्द्रले बालबालिकासँग मासिक साढे १२ हजार रुपैयाँ शुल्क लिने भएको छ ।

एकेडेमीका अध्यक्ष वलीका अनुसार खेलप्रति रुचि राख्ने तर आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई निःशुल्क रुपमा पढाउने, खेल सिकाउनेदेखि आवश्यक शैक्षिक सामग्री जुटाउने काम गरिरहेको छ ।

अहिले भ्यालीटप टोल विकास सस्थाअन्तर्गत रहेको पुरानो भ्यालीटप बोर्डिङ स्कुलको ग्राउण्डमा बालबालिकालाई प्रशिक्षण गराउने र बालबालिकाहरु बढ्दै गएपछि भरतपुरस्थित पद्मोदय माध्यामिक विद्यालयको ग्राउण्डलाई प्रशिक्षण केन्द्रसँगै ठुला प्रतियोगिताहरु सञ्चालनका लागि प्रयोग गर्नेगरी विद्यालयसँग कुरा भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुवन माविमा लगाईएको ताला खुल्यो

१९ श्रावण २०८०, शुक्रबार १५:४०
कोहलपुर (बाँके) : कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माविमा शुक्रबार बिहान लगाईएको ताला त्रिपक्षिय सहमति पश्चात् खुलेको छ । बिद्यार्थीहरुले निशुल्क पाठयपुस्तक प्राप्त गर्न नसकेको मुद्धालाई लिएर स्वतन्त्र बिद्यार्थी युनियन कोहलपुरको अगुवाईमा भएको शान्तिपुर्ण आन्दोलनलाई बिद्यालय प्रशासनले गम्भिरतापुर्वक नलिएको भन्दै गरिएको तालाबन्दी सरोकारवाला पक्ष सहमतीमा आएपछि खोलिएको स्ववियु अध्यक्ष […]