एक करोडको लागतमा शिख च्यानल युके एडद्वारा बनकटवामा गुरुद्वारा निर्माण सम्पन्नसंगै उद्दघाटन

१३ फाल्गुन २०७४, आईतवार १९:४८
 

सदरलाइनडटकम 
१३ फागुन, नेपालगन्ज : अलपसंख्यक शिख समुदायको लागि बाँकेको जानकी गाउपालिका–२ बनकटवामा धार्मिकस्थल गुरुद्वारा निर्माण गरिएको छ । ब्रिटेनमा बस्दै आएका शिख समुदायको पहलमा सो गुरुद्वारा निर्माण भएको गाविस सचिव हकहित संरक्षण समितिका अध्यक्ष उत्तम सिंह सोणीले जानकारी दिए ।
गुरुद्वारा निर्माणका लागि बनकटवाका स्थानीय शिख समुदायले करिव ८ कठ्ठा जमिन उपलब्ध गराएका थिए । सो गुरुद्वारा शिख च्यानल ब्रिटेनका सञ्चालक देबेन्दर सिह बलको पहलमा शिख च्यानल युके एडको आर्थिक सहयोगमा सबै निर्माण कार्य सम्पन्न भएको उनले बताए ।
बाँकेमा अति नै अल्पसंख्यकको रुपमा रहेका समुदायको गुरुद्वारा गाउमै बनेपछि धार्मिक तथा साँस्कृतिक परम्परा निभाउनको लागि सजिलो हुने भएको स्थानीय राजु सरदारले बताए ।
बाँकेको बनकटवामा करिव ४५ घरधुरीका करिव ३ सय शिख समुदायको बसोबास रहँदै आएको छ । गाउमा गुरुद्वारा नहुँदा नेपालगन्ज वा हिरमिनिया पुग्नु पर्ने बाध्यता टरेको उनले बताए । करीब एक करोड लागतमा निर्माण भएको गुरुनानक दरबार, गुरुद्धारा साहिब बनकटवाको भवन उद्घाटनका लागि फागुन ११ गतेदेखि अखण्ड साहिब पाठ शुरु गरिएको थियो ।
गुरुद्वारा निर्माणको लागि पहल गर्दै आएका देबेन्दर सिंहले चाँडै नै शिख संस्कृतिको सिकाउने उद्देश्यले पञ्जाबी लिपिको समेत पढाई हुने गरी विद्यालय सञ्चालनमा ल्याईने बताए । सो अवसरमा अमृतसर गुरुद्वाराका अकालतक्त (प्रधान) जत्थेदार गुर बच्चन सिंह लगायत भारत, ईग्ल्याण्ड, क्यानडा, अमेरिकाका समुदायका धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।
गुरुद्धाराका प्रधान बाबु सिँहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा भारतको पञ्जाबस्थित अकाल तख्त गुरुद्धारा अमृतसरका प्रमुख जत्थेदार गुरुबचन सिँह, सीनियर प्रजेन्ट युकेका जगतार सिँह, कथावाचक अमरिक सिँह, जोगा सिँह पागोवाल, गुरजन्ट सिँह, अनन्तपाल सिँहलगायतको उपस्थिती थियो ।
नेपालमा अल्पसंख्यकका रुपमा रहेको सिख समुदायले हिन्दु, मुस्लिम, सिख, ईसाई लगायत कुनै पनि धर्मलाई भेदभाव नगरी सबैलाई सहयोग गर्ने गरेको सिख समुदायका अगुवा एवं नेपालगन्ज गुरुद्धाराका प्रवक्ता उत्तम सिँहले बताए ।
गुरुद्धारा निर्माणका लागि प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग गरेका करीब १५÷१६ जनालाई स्वरुपा अर्थात् दोसल्ला ओढाई सम्मान गरिएको कार्यक्रमको समापनका अवसरमा लङ्गर अर्थात् खुल्ला भण्डारा गरिएको उनले जानकारी दिए ।


   

Next Post

मन्टेश्वरी एशोसियसन बाँकेले मेयर र उप–मेयरको ध्यानाकर्षण गरायो

१३ फाल्गुन २०७४, आईतवार १९:४८
सदरलाइनडटकम १३ फागुन नेपालगन्ज : मन्टेश्वरी एशोसियसन अफ बाँकेले आईतबार नेपालगन्ज उप–महानगरपालिका प्रमुख र उपप्रमुखलार्इ सुझाब पत्र पेस गरेको छ। स्थानीए निकायमा निर्माण हुन गइरहेको शिक्षा ऎनमा मन्टेश्वरी विद्यालयहरुले अपनाउनु पर्ने मापदण्ड र नयाँ दर्ता हुने मन्टेश्वरी विद्यालयको हकमा स्थानीय निकायले लागु गर्नु पर्ने मापदण्डलाई समेटिएको एशोसियसनका सल्लाहकार गोबिन्द पौडेलले […]