प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुनको मृत्यु

९ फाल्गुन २०७४, बुधबार ०८:५८
 

०९ फागुन,काठमाडौं ।

गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेको आज बुधबार प्रहरी इन्काउन्टरमा परि मारिएका छन् ।

बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ ।


बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ ।

‘केन्द्रिय अनुसन्धान ब्युरोकोको शिषेश सुचनाको आधारमा देवदह–४ भवानीपुरमा हामीले सर्च अपरेशन चलाएका थियौं’ रुपन्देहीका एसपी ज्ञवालीले भने, ‘मोटरसाईकलमा सवार दुई जनासँग मुठभेट भएको छ, अञ्चल अस्पतालले दुवैलाई मृतका घोषणा गरिसकेको छ ।’

एसपी ज्ञवालीले मृतकको सनाखत हुन बाँकी रहेको बताएका छन् । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ ।
पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनी मनोज पुनकै हात रहेको खुलेपछि मनोज केन्द्रीय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचीमा थिए ।

Next Post

भारतबाट ल्याईएको कुखुराको मासु नियन्त्रणमा

९ फाल्गुन २०७४, बुधबार ०८:५८
सदरलाइनडटकम  ९ फागुन नेपालगन्ज : भारतबाट लुकाई छिपाई ल्याइएको कुखुराको मासु प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट प्रहरीले कुखुराको अवैध ६ क्वीन्टल मासु प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार पक्राउ परेको सो मासु डिके मिट सप्लायर्सले भारतबाट लुकी छिपि ल्याएर नेपालगन्जमा भण्डारण गरी […]