शिवपञ्चायन मन्दिरमा प्राणप्रतिष्ठासँगै पूजाआजा शुरु

१० फाल्गुन २०७६, शनिबार १४:२६
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) कालाबञ्जरको परिसरमा निर्माण गरिएको मन्दिरको प्राणप्रतिष्ठा गरी पूजाआजाको शुरुवात गरिएको छ ।
करीब ७ लाख २५ हजारको लागतमा निर्माण गरिएको शिवपञ्चायन (मल्लिकार्जुन) मन्दिरको विधिवत पूजाआराधना गरी प्राणप्रतिष्ठा गरिएको हो । मन्दिरमा भगवान शिव, सूर्य नारायण, गणेश, माँ दुर्गा, विष्णु र बाहिर पट्टी माता सन्तोषीको मूर्ति स्थापना गरी प्राणप्रतिण्ठा गरिएको बीओपीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीले जानकारी दिए ।
डुडुवा गाउँपालिकाको तीन लाख आर्थिक सहयोग र विभिन्न दाताले दिएको दान गरी ७ लाख २५ हजारमा उक्त मन्दिर निर्माण गरिएको हो ।


Next Post

घोराहीमा घोडाको प्रतिमा अनावरण

१० फाल्गुन २०७६, शनिबार १४:२६
सदरलाइनडटकम, दाङ : दाङको घोराहीमा इतिहास झल्काउन घोडाको प्रतिमा राखिएको छ । घोराही उपमहानगरपालिकाले वडा नम्बर १४ र १५ को सिमाना गुम्राह चोकमा दुईवटा घोडाको प्रतिमा राखेको हो । चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटलाई टेण्डरमार्फत २५ लाख रुपैयाँको लागतमा घोडाको प्रतिमा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी […]

सम्बन्धित