कोहलपुरबाट पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ

सदरलाइन संवाददाता २१ असार २०८०, बिहीबार १३:२९
 

कोहलपुर (बाँके) : प्रहरीले कोहलपुरबाट पाटेबाघको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

कोहलपुर –११ बाट लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले ९ फिट ८ इन्चको एक थान बाघको छाला र ६ किलो ८ सय १८ ग्राम हड्डीसहित चार जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भगवतीमाई गाउँपालिका–५ दैलेखका ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखस्थित ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, पञ्चदेवल गाउँपालिका–२ अछामका ३६ वर्षीय लोकेन्द्र शाही र बारकोट गाउँपालिका–३ जाजरकोटका ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।


पक्राउ गरेका चारै जनासहित बरामद गरिएको बाघको छाला र हड्डीलाई प्रहरीले डिभिजन कार्यालय बाँकेको जिम्मा लगाएको छ । डिभिजन वन कार्यालय बाँकेका अनुसार बरामद गरिएको बाघको घाँटीको छालामा दुई ठाउँमा गोलीको प्वाल देखिएको छ ।

वन कार्यालयले जनाए अनुसार हड्डी वयस्क पोथी बाघको रहेको छ भने हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

पक्राउ परेका चारै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा १ का अनुसार अनुसन्धान अगाडि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरको रोजगार रणनीति मस्यौदामाथि छलफल

२१ असार २०८०, बिहीबार १३:२९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले रोजगार रणनीति मस्यौदा तयार पारेको छ । उपमहानगरपालिकाले पाँच बर्षे रोजगार रणनीति मस्यौदा तयार पारेको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताइन् । रोजगार सेवाको अवस्था, नक्सांकन, स्थानीय श्रम बजारमा श्रमिकको माग र उपलब्ध श्रम शक्तिको अवस्था, रोजगारी सिर्जना गर्ने विभिन्न क्षेत्र र आयाम लगायत विषयलाई […]