बासकी पूर्व केन्द्रीय रुक्मिणी शाहको जन्मदिनमा विपन्न छात्रालाई साईकल

२६ माघ २०७४, शुक्रबार २०:५७
 

सदरलाइनडटकम
२६ माघ, नेपालगन्ज : बासले आफ्नो दिवंगत केन्द्रीय सदस्यको स्मरणमा स्थापना गरेको स्मृती कोषबाट एक स्कुले बालिकालाई स्कुल जानको लागि साईकल हस्तान्त्रण गरेको छ । ९ वर्ष अघि दिवंगत बासकी पूर्ब केन्द्रीय रुक्मिणी शाहको जन्मदिनको अवसर पारेर नेपालगन्ज स्थित हिमालय साईकल हाउसको सहकार्यमा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय कोषका तर्फबाट सो सहयोग हस्तान्तरण गरिएको हो ।
भेरी बिद्या ईङ्गलिस मिडियम स्कुल, एअरपोर्ट, राँझामा कक्षा ५ मा अध्ययनरत छात्रा अस्मिता थापालाई सो सहयोग हस्तान्तरण गरिएको हो । बासका कानुनी सल्लाहकार केशव कोईराला, शाहकी आमा रमादेबि शाह र हिमालय साईकल हाउसका प्रोपराईटर मेराज अहमद हल्वाईले संयुक्त रुपमा छात्रा अस्मिता, उनकी आमा डिला थापालाई साईकल हस्तान्तरण गरेका हुन्् ।
नेपालगञ्ज–२० नयाँबस्ति निवासी डिलाका श्रीमानले अर्काे बिवाह गरि २ बर्ष अघि भारत गएपछि उनी एकल रुपमा जीवन यापन गर्दै १ छोरा र १ छोरीकी आमा रहेकी उनलाई घरखर्चको जोहो गर्न इट्टा, मसाला बोक्ने, मजदुरी गर्दै छोरा र छोरीलाई बिद्यालयमा पढाउँदै आएको र डिलाको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि बिद्यालयले अस्मितालाई निःशुल्क रुपमा पढाई रहेकोछ ।
बिद्यालयबाट ५ किलो मिटर टाढा घर भएकि अस्मिता हरेक दिन १ घण्टाको बाटो हिँडेर बिद्यालय जाने जानकारी पाएपछि पठन—पाठन गर्न सहज होस् भन्ने हेतुले साईकल सहयोग गरिएको बासले जनाएको छ ।
कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा दिवँगत रुक्मिणीका दाजु नमस्कार शाहले दिवंगत शाहको बारेमा बोल्दै उनको सम्झनामा बिभिन्न सामाजिक कार्यहरु गरिरहेको बताए ।


बासका अध्यक्ष मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बासका पदाधिकारी, सदस्य, कर्मचारी तथा स्वयंसेवकहरुको सहभागिता थियो । कार्यक्रममा शाहको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने शाहको तस्विरमा अविर अर्पण गरिएको थियो ।
अक्षयकोषबाट सरस्वती उच्च माविमा अध्ययनरत सरस्वती चौधरीलाई कक्षा ८ देखि पठन—पाठनका  लागि सहयोग गरि रहेको छ । चौधरी हाल कक्षा १० मा अध्ययनरत छन् ।
शाहको सम्झनामा स्थापित अक्षयकोषबाट अशक्त, अपाँगता भएका व्यक्ति, आर्थिक अभाब भएका बालबालिका, जेष्ठ नागरिक, हिँसामा परेका महिलाहरुलाई बिभिन्न सहयोग प्रदान गरिदै आएको छ ।
शाहको सम्मानमा बासले ८० हजारको रुक्मिणी स्मृति अक्षय कोष स्थापना गरेको छ । उक्त कोषबाट मध्य तथा सुदुरपश्चिम क्षेत्रका हिँसा पीडित महिलाहरुलाई आर्थिक सहयोग गर्ने उद्धेश्य लिईएको छ ।
स्मरण रहोस् २०६५ बैशाख २७ गते खासकाँरकाँदौमा बास पूर्ब केन्द्रिय सदस्य रुक्मिणी शाहका पति लगाएतले उनको दिउसै हत्या गरेका थिए । पूनरावेदन अदालतले अभियुक्तलाई सर्वश्व सहित जेल सजायको फैसला गरिसकेको छ ।


  

Next Post

२७ माघ २०७४ शनिवारको राशिफल

२६ माघ २०७४, शुक्रबार २०:५७
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक धन खर्च भई मानसिक चिन्ता वढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ […]

सम्बन्धित