मेलामा जाने एक भारतीयसहित दुईको मृत्यु

२५ माघ २०७४, बिहीबार ११:४७
 

नवलपरासी, २५ माघ । मदारबाबा मेला आएका एक भारतीय नागरिकको बुधबार मृत्यु भएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीबाट नौ किलोमिटर उत्तरतर्फ पहाडी डाँडामा रहेको मदारबाबाको मुख्य धार्मिकस्थल मजारमा पुग्न पहाड चढ्दै गर्दा लडेर मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश महाराजगन्ज जिल्लाको खजुरिया बस्ने ५० वर्षीय भरतचन्द्र पटेल रहेको प्रहरी चौकी महलबारीका इन्चार्ज सई डम्बर क्षेत्रीले बताए ।

पहाड चढदै गर्दा खुट्टा चिप्लिँदा पटेलको मृत्यु भएको हो । गत माघ २२ गतेदेखि मदारबाबाको मेला चलिरहेको छ । मेलामा नेपालभित्र तथा भारतबाट लाखौँ दर्शनार्थी मेला अवलोकन गर्न आउने गरेका छन् ।

एक नेपालीको पनि मृत्यु


यसैगरी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाअन्तर्गत गण्डक नदीमा डुबेर बुधबार एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका–२, फेनहरा बस्ने ५५ वर्षीय छोटई बनिया महलबारीको मदारबाबा मेला जानका लागि गण्डक नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । बुबा डुबेर बचाउन खोज्दा १९ वर्षीय छोरा व्रिजेश बनिया समेत डुबेर बेपत्ता भएका छन् ।

छोरा अहिलेसम्म फेला परेका छैनन् । गण्डक नदीको पानी घटाएर शवको खोजी कार्य भइरहेको महलबारी प्रहरी चौकी ईन्चार्ज डम्बर क्षेत्रीले जानकारी दिए । बाबुछोरा मदारबाबा मेला जानका लागि घरबाट यहाँ आएका थिए ।

(रासस)

Next Post

प्रहरीले गर्यो गाउँपालिकाको अवैद्य मदिरा नष्ट

२५ माघ २०७४, बिहीबार ११:४७
सदरलाइन / चिना बिक २५ माघ, रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा अबैध रुपमा मदिरा बिक्री बितरण बढेपछि नियन्त्रणमा लिएर नष्ट गरिएको छ । अनाधिकृत रुपमा मदिरा विक्रि वितरणले विभिन्न प्रकारका बिक्रिति र बिसंगती बढेपछि प्रहरीले बजारमा अबैध रुपमा विक्रि वितरण गरिदै आएको घरेलु मदिरा तथा गैरकानुनी रुपमा उत्पादन […]