लोक सेवा सम्बन्धी केही बस्तुगत प्रश्नउत्तरहरु

२१ माघ २०७४, आईतवार ०९:०७
 

१. वि.सं. २०७४ माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले देशका कति स्थानमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ?
– ७
(प्रदेश नं. १ को धरान, प्रदेश नं. २ को वीरगञ्ज, प्रदेश नं. ३ को चोभार, प्रदेश नं. ४ को दमौली, प्रदेश नं. ५ को दाङ, प्रदेश नं. ६ को सुर्खेत र प्रदेश नं. ७ को महेन्द्रनगरमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरिएको ।)

२. राष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित राखेप च्याम्पियनसिपमा कति खेल समावेश गरियो ?
– २९
– स्क्वास, भलिबल, सोपाकटाक्रो, एथलेटिक्स, बक्सिङ, ह्यान्डबल, कुस्ती, फेन्सिङ, बास्केटबल, जुडो, टेबलटेनिस, कबड्डी, सुटिङ, भारोत्तोलन, गुल्फ, साइक्लिङ, हक्की, खो–खो, उसु, पौडी, आर्चरी, लनटेनिस, ट्रायथलन, फुटबल, कराँते, ब्याडमिन्टन, सफ्टटेनिस, र तेक्वान्दोका दुई (राष्ट्रिय तेक्वान्दो र तेक्वान्दो) गरी २९ खेल समावेश गरिएको ।
– तीन वर्षअघि लुम्बिनी च्याम्पियनसिपका नाममा भएको प्रतियोगिता यसपालिबाट राखेप च्याम्पियनसिपका नाममा सञ्चालन गरिएको ।

३. एसियाली चिकित्सा विद्यार्थी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ माघ ८–१२, काठमाडौं
(दक्षिण एसियामै पहिलोपटक नेपालमा आयोजना भएको नेपाल लगायत विभिन्न १६ राष्ट्रका चिकित्सा विषयका विद्यार्थीको सहभागिता रहेको सो सम्मेलन ‘मातृ तथा नवजात शिशु स्वास्थ्य’ विषयमा केन्द्रित रहेको ।)

४. हाल पूर्ण साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ?
– ३९
(वि.सं. २०७४ माघ ८ मा म्याग्दी ३९ औं साक्षर जिल्ला घोषित भएको ।)

५. ‘सोच्नु राम्रो हो, कुरा गर्नु त्यो भन्दा राम्रो हो तर सबैभन्दा राम्रो काम गर्नु हो’ भन्ने विचारक को हुन् ?
– इमरसन

६.इन्टरनेट प्रविधिमा LAN को पूरा रूप Loal Area Network  हो भने WAN को पूरा रूप को हो ?
– Wide Area Network


७. विश्वप्रसिद्ध अनुसन्धान तथा परामर्शदाता संस्था प्राइस वाटरकुपर्स (पीडब्लूसी) का अनुसार लगानीका लागि आकर्षक गन्तव्यमा पहिलो पाँच स्थानमा परेका मुलुक कुन–कुन हुन् ?
– क्रमशः अमेरिका, चीन, जर्मनी, बेलायत र भारत

८. इनर्जी डेभलपमेन्ट काउन्सिल (इडीसी) द्वारा आयोजित ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट– २०१८’ कहिले सम्पन्न भयो ?
– वि.सं. २०७४ माघ १३–१५ (काठमाडौं)
(उर्जा क्षेत्रसँग सम्बन्धित राष्ट्रिय/अन्तर्राष्ट्रिय सरोकारवालालाई एकै ठाउँमा ल्याई नेपालको ऊर्जा विकासमा ठोस प्रभाव ल्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको ।)

९. मानव अङ्ग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी के नामकरण गरिएको छ ?
– धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र
(मानिसका विभिन्न अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले पाँच वर्षअघि स्थापना भएको मानव अङ्ग प्रत्यारोपण केन्द्र नाम परिवर्तन भई वि.सं. २०७४ माघ १५ बाट धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र बनेको । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले विकास समिति ऐन अन्तर्गत मानव अङ्ग विकास समिति गठन आदेश अनुसार २०६९ वैशाख ११ गते केन्द्रमा बहिरङ्ग (ओपीडी) सेवा सुरू गरेको ।)

१०. नेपालमा सहीद दिवस कहिले मनाउने गरिन्छ ?
– माघ १६

(गोरखापत्रबाट साभार)

Next Post

लोक सेवा सम्बन्धी केही विषयगत प्रश्नोत्तरहरु

२१ माघ २०७४, आईतवार ०९:०७
१. राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकार के–के हुन् ? उल्लेख गर्नुहोस् । नेपालको संवधानको धारा २५९ मा राष्ट्रिय समावेशी आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः क) खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसङ्ख्यक एवम् सीमान्तकृत समुदाय तथा […]