गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने जगद्गुरुको प्रण

२१ माघ २०७४, आईतवार ०८:५२
 

कञ्चनपुर, २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गरेका छन् ।

घरपालुवा गाई सडकमा छाडिएपछि उनले कठोर निर्णय लिएका हुन् । उनले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छाड्नु भएको छ । देशव्यापी भ्रमण पूरा गरी फर्किएका जगद्तगुरुले गाई छाडेर यातना दिइएकाले त्यसैका लागि अन्न त्यागेको बताउनुभयो । “सडकमा छाडिएका गाई खानाको अभावमा मर्न थालेका छन्”, उनले भने, “गौ हत्या भएको धर्तीमा अन्न खाँनै सक्दिन ।” जगद्गुरु महाराजले भने, “यस कार्यले असाध्यै दुःख लागिरहेको छ ।”

भम्केनीमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बनाउन जगद्गुरुले देशव्यापी भ्रमण गर्नु भएको छ । जगद्गुरुले गाईलाई घरबाट ल्याएर सडकमा बेवारिसे छाडे अनिष्ट हुने बताए ।

जगद्गुरुले अन्न छाडेपछि स्थानीयवासी पश्चाताप गर्दै छाडा गाई आफूहरुले पाल्ने जिम्मेवारी लिने बताउँदै जगद्गुरुलाई अन्न खान आग्रह गरेका छन् ।


भीमदत्त नगरपालिकाको तिलाचौर र जिमुवाका महिलाले गाई पाल्ने जिम्मेवारी मागेका छन् । उनीहरुले छाडिएका एक/एक गाई पाल्ने माग गरेका हुन् । जगद्गुरुले औपचारिक कार्यक्रममा इच्छुक व्यक्तिलाई गाईपालनको जिम्मेवारी दिने सोच बनाउनु भएको छ । स्थानीयवासीले घरमा पालेका गाई–गोरुसमेत सडकमा पुगाउन थालेपछि भीमदत्तमा छाडा गाई–गोरुको समस्या विकराल बनेको छ । भीमदत्त नगरपालिकाले छाडा गाई–गोरु व्यवस्थापनका लागि निर्देशिका बनाएर व्यवस्थापन कार्य अघि बढाएको छ ।

जगद्गुरु र भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले छाडा गाई व्यवस्थापनसम्बन्धी छलफललाई अगाडि बढाउनु भएको छ । नगरपालिकाले भीनपा–१९ मा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित छाडा गाई–गोरु व्यवस्थापनका लागि भौतिक पूर्वाधार बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाले समेत वनहरा नदी छेउको उपयोगविहीन जग्गामा व्यवस्थित गौशाला निर्माणको कार्य अगाडि बढाएको छ ।

Next Post

लोक सेवा सम्बन्धी केही बस्तुगत प्रश्नउत्तरहरु

२१ माघ २०७४, आईतवार ०८:५२
१. वि.सं. २०७४ माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले देशका कति स्थानमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ? – ७ (प्रदेश नं. १ को धरान, प्रदेश नं. २ को वीरगञ्ज, प्रदेश नं. ३ को चोभार, प्रदेश नं. ४ को दमौली, प्रदेश नं. ५ को दाङ, प्रदेश नं. […]