सदरलाइनडटकम
२० माघ, नेपालगन्ज : विश्व सिमसार दिवसको अवसरमा बाँकेको सिक्टा सिचाई आयोजनाको मुलबाँध बोटिङ्ग गरि मनाईएको छ ।
बाँकेमा संरक्षणको अभावमा सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेकोले त्यसको संरक्षणको लागि संवन्धित निकायको ध्यानाकर्षण गराउन मानव निर्मित सिमसार क्षेत्रमा बोटिङ्गको आयोजना गरिएको आयोजकको भनाई छ ।
बाँकेको अगैयामा रहेको राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको मुल बाँधमा पर्या पर्यटनको संभावना भएको सन्देस दिनको लागि मानव निर्मित सिमसार क्षेत्रमा भए पनि बोटिङ्ग गरी सिमसार क्षेत्रको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्र कुमार खड्काले जानकारी दिए । उनले निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका साथै अनेत्र रहेका सिमसार क्षेत्रको संरक्षण गर्न सके पर्या पर्यटनको प्रचुर संभावना समेत रहेको उल्लेख गरे ।
बाँके क्षेत्र नं. १ क का निर्वाचति प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले पर्या पर्यटनको संभावनासंगै रोजगारीको लागि पनि सिमसारको महत्व हुने भएकोले आफुले आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
राप्ती सोनारी गाउपालिकाका उध्याक्ष लाहुराम थारु, उपाध्यक्ष घनीकुमारी खत्री, क्षेत्रीय बन निर्देशनालयका निमित्त निर्देशक विष्णु आचार्य, बाँके राष्ट्रिय निकुजका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जमगर, मेहर दल गणका बासुदेव धिमाल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, सञ्चारकर्मीलगायतले बोटिङ्ग गरेका थिए । कार्यक्रम बाँके राष्ट्रिय निकुञ्जको संरक्षण सहयोगि संस्था तराई भु–परिधि कार्यक्रम (ताल) को आर्थिक सहयोगमा सम्पन्न भएको थियो । फोटो रुद्र सुवेदी