पैँचोको उत्पादन अव दाङमा, घोराहीमा विक्री केन्द्रको खोलियो

२० माघ २०७४, शनिबार १९:०२
 

सदरलाइनडटकम
२० माघ, दाङ्ग  : ‘बसे पनि शहर गाँउ कै खाने रहर’ भन्ने मूल नाराका साथ २०७३ सालबाट उत्पान थालेको पैँचो फूड प्रोडक्सले दाङबाट आफ्नो बिक्री शुरु गरेको छ ।
पैँचो फूड प्रोडक्सले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको हो । २०७३ सालदेखी गुल्मीबाट शुरु गरेको अभियान बिस्तार गर्नेक्रममा आठौँ जिल्लाका रुपमा पैँचो फूड प्रोक्डस दाङ आइपुगेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेसशभा सदस्य अमरबहादुर डाँगीले आफ्नो पहिचान र आयात प्रतिस्थापनको लक्ष्यका साथ आएको पैँचो फूड प्रोडक्सनले रोजगारीका अवसर हरु श्रृजना गर्ने ब्यापार घाटा कम गर्ने बिश्वास ब्यक्त गरे ।
प्रदेससभा सदस्य डाँगीले राप्ती अञ्चलका पहाडी जिल्लामा उत्पादित कृर्षी उत्पादनलाई लक्षीत गर्दै दाङ आइ पुगेको पैँचो फूड प्रोडक्सनले किसानहरुलाई राहात हुने स्पष्ट पारे ।
पँैचो फूड प्रोडक्सनले अहिले कुनैपनि रासायनिक बिषदि प्रयोग नगरीएका कृषी जन्य बस्तुहरुबाट उत्पादन गरिएका ८ प्रकारका अचार, पाँच प्रकारका जाँम, सीन्की, कोदोको पिठो, मकैको आटो, जुस, भटमास, सेमी, मस्यौरा लगाएतका २७ प्रकारका उत्पादनहरु बजारमा ल्याएको छ ।
गुल्मीमा मात्रै ५१ वटा पसल संचालन गरेको पैचो फूड प्रोडक्सनले अर्घाखाँची, पाल्पा, पोखरा काठमान्डौँ, बुटवल लगाएत ८ जिल्लामा आफ्रनो सेवा बिस्तार गरेको छ । कार्यक्रममा बारेमा पैँचो पूmड प्रोडक्सका बजार तथा मिडिया निर्देशक शरण कर्माचार्यले जानकारी दिए ।
कार्यक्रममा पैँचो फूडका दाङ जिल्लाको अधिकृत बिक्रेता टिकाराम पन्त, पत्रकार महासंघ दाङका कोषध्यक्ष आरके सितल, दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल, दाङ देउखुरी होटेल ब्यवसायी संघका अध्यक्ष रुद्रबहादुर डाँगी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । जागरण अनलाइनको सहयोगमा  


 

Next Post

सिक्टा बाँधमा बोटिङ्ग गरी मनाईयो ‘सिमसार’ दिवस

२० माघ २०७४, शनिबार १९:०२
सदरलाइनडटकम २० माघ, नेपालगन्ज : विश्व सिमसार दिवसको अवसरमा बाँकेको सिक्टा सिचाई आयोजनाको मुलबाँध बोटिङ्ग गरि मनाईएको छ । बाँकेमा संरक्षणको अभावमा सिमसार क्षेत्र अतिक्रमणको चपेटामा परेकोले त्यसको संरक्षणको लागि संवन्धित निकायको ध्यानाकर्षण गराउन मानव निर्मित सिमसार क्षेत्रमा बोटिङ्गको आयोजना गरिएको आयोजकको भनाई छ । बाँकेको अगैयामा रहेको राष्ट्रिय गौरवको […]

सम्बन्धित