किन पेश्की रकम लिएर काम छोड्दै भाग्दै गर्छन् निर्माण व्यवसायी

१९ माघ २०७४, शुक्रबार १३:४५
 

जाजरकोट । चार वर्ष अघि निर्माण भईसक्नुपर्ने भवन ६ वर्ष वितिसक्दा सम्म निर्माण नहुँदा सेवा प्रवाहमा समस्य भएको छ । जिल्ला अस्पतालको प्रसूतिगृह चार वर्ष सम्म निर्माण नहुँदा अलपत्र परेको हो ।


सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतबाट आर्थिक वर्ष २०६८ ÷६९ मा ठेक्का भई फ्राइन्ड्स कन्स्ट्रक्सन प्रालि कोटेश्वर काठमाडौंले भवन निर्माणको जिम्मा लिएको थियो। २०६८ चैत २६ मा भएको सम्झौताअनुसार २०७० मंसिर २९ मा निर्माण सकिनुपर्ने उल्लेख थियो । एक करोड १६ लाख ८५ हजार लागतको प्रसूतिगृह निर्माणको काम ठेकेदारले ७४ लाख ६६ हजार रुपैयाँमा ठेक्का लिएका थिए ।

भवनको डीपीसी मात्र वनाएर ठेकेदारले अहिले सम्म सम्पर्कमा नै नभएको जिल्ला अस्पलताले वताएको छ । जग हालिएको भवनमा सिसौका बिरुवा उम्रिएर ठूला भइसकेका छन् ।

अत्याधुनिक प्रसूतिकक्ष बनाएर विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालको लक्ष्य भवन निर्माण नहुँदा अधुरै छ । प्रसूतिगृह नहुँदा काममा अहिले निकै चाप परेको जिल्ला अस्पतालले वताएको छ ।

कहाँ कहाँ रोकिए त स्वास्थ्य संस्थाका भवनहरु ?
लोहनी एन्ड ब्रदर्स तथा एमटी कन्स्ट्रक्सनले जिल्लाको कुशे गाउँपालिका ६ स्थित घरंगा स्वास्थ्य चौकी भवन निर्माण नगर्दा ६ वर्षदेखि अलपत्र छ । लोहनीले २०५८ सालमै भवन निर्माणको ठेक्का स्वीकृत गराएको भएपनि स्वास्थ्य चौकी भवनमा डीपीसी मात्र गरेर निर्माण कम्पनीले काम छाडेपछि सो भवन अलपत्र अवस्थामा छ । स्वास्थ्य संस्था निर्माण नहुँदा स्वास्थ्य चौकी लामो समयदेखि भाडाको घरमा बसिरहेको छ । भाडाको घर व्यवस्थित नहुँदा उपचार सेवा समेत प्रभावित भएको छ ।


स्वास्थ्य चौकी सीमाको बर्थिङ सेन्टर भवन, स्वास्थ्य चौकी मजकोटको बर्थिङ सेन्टर भवन र इलाका स्वास्थ्य केन्द्र दल्लीको भवन पनि सात वर्षदेखि अलपत्र छन् । १० करोडभन्दा बढी लागतमा बन्ने जिल्लाका आधा दर्जन भवन अलपत्र परेका छन् ।

सही व्यवस्थापन नभएका कारण जिल्लाका दुर्गम स्वास्थ्य संस्थामा मात्र होइन, जिल्ला अस्पतालमा समेत जटिल अवस्थाका सुत्केरी र बिरामीको उपचार हुन नसक्ने र उनीहरूलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ । आधुनिक एवं स्तरीय भवन भए सेवा प्रभावकारी बनाउन सकिने जिल्ला अस्पतालमा कार्यरत डा. भुपेन्द्र मल्लको भनाइ छ । समयमा बर्थिङ सेन्टरका भवन नबन्दा सुरक्षित सुत्केरी सेवा दिन कठिन भएको उनले बताए । यसरी समयमै निर्माण गर्नुको ठाउँमा काम लिदै वीचमै छाड्दै गर्दा यहाँका सेवाग्रहीले स्तरिय सेवा पाउँनवाट वन्चित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले जति ताकेता गरेपनि कसैले नसुन्दा समस्य हुँदै आएको हो ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले भवनको टेन्डर गर्ने, ठेक्का स्वीकृत गर्ने, निर्माण गराउने, प्राविधिक मूल्यांकन गराउने, भुक्तानी दिनेलगायत काम गर्दै आएको छ।

(bherikhabar.com)

Next Post

प्रदेश ६ : संसदमा ४० जना मर्यादापालक खटिने

१९ माघ २०७४, शुक्रबार १३:४५
सुर्खेत । प्रदेश नम्बर ६ को संसदमा ४० जना मर्यादापालक खटाइने भएको छ । ६ नम्बर प्रदेश प्रहरी कार्यालयले संसदमा खटिने ४० जना मर्यादापालकहरू छनाैट गरेर आवश्यक प्रशिक्षण समेत दिन शुरु गरिएकाे छ । २१ गते बस्न लागेको प्रदेशको पहिलो संसदमा उनीहरुलाई खटिने प्रदेश प्रहरीले जानकारी दियो । ‘संसदमा खटाउन […]