अर्यालको संयोजकत्वमा ११ सदस्यीय स्थानीयतह कर्मचारी जिल्ला संघर्ष समिति गठन

सदरलाइन संवाददाता २४ आश्विन २०८०, बुधबार २१:५३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा जिल्लाका ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय स्थानीय तह कर्मचारी जिल्ला संघर्ष समिति गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा बुधबार भएको कर्मचारीको जिल्ला भेलाले संघर्ष समिति गठन गरिएको हो ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिद्वारा असोज १५ गतेदेखि जारी दवावमूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन बाँके जिल्लाका ८ वटै पालिकामा सहकार्य, समन्वय व्यवस्थापन र अनुगमन गर्दै आन्दोलनका कार्यक्रमहरुलाई दबाबमूलकरुपमा प्रस्तुत गर्न संघर्ष समिति गठन गरिएको अर्यालले बताए ।


एकीकृत निजामती सेवा ऐनमा २० बुँदे मागलाई यथाशिघ्र सम्बोधन गर्न गराउन दबाब दिने उद्देश्यले गठित समितिको सदस्यहरुमा खजुरा गाउँपालिकाबाट खगेन्द्रबहादुर मल्ल, बैजनाथबाट पूर्णप्रसाद जैसी, कोहलपुर नगरपालिकाबाट सुवास पौडेल र शिला गौतम जानकीका दिपक केसी, नरैनापुरका लक्ष्मीकान्त मिश्र, डुडुवाबाट रामअचल यादव, राप्तीसोनारीका मनोज वली र नेपालगन्ज उपमहानगरपालिकाका पूजा बस्न्यात तथा सदस्य सचिवमा नेपालगन्ज उपमहानगरपालिकाका प्रविण राना रहेका छन् ।

स्थानीय तहका कर्मचारीले गत शुक्रबारदेखि पेन डाउन गरेर काम रोकेका छन् । मंगलबार काठमाण्डौमा कर्मचारीमाथि दमन भएपछि उनीहरु अझ आक्रोशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुराबाट ब्राउनसुगरसहित ४ जना पक्राउ

२४ आश्विन २०८०, बुधबार २१:५३
खजुरा (बाँके) : बाँकेको खजुरा क्षेत्रबाट १४ वर्षिय किशोरसहित ४ जना प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित प्रहरी नियन्त्रणमा परेका छन् । बाँके प्रहरीले बुधबार १४ वर्षिय किशोरसहित चार जनालाई लागू औषध ब्राउनसुगरसहित पक्राउ गरेसँगै लागू औषध कारोबारमा नाबालिक प्रयोग हुने गरेको पाईको हो । इलाका प्रहरी कार्यालय, धनौली खजुराको टोलीले […]

सम्बन्धित