नेपाल चिकित्सक संघ भेरीमा डा. कर्ण

११ माघ २०७४, बिहीबार १०:१३
 

सदरलाइनडटकम
११ माघ, नेपालगन्ज : नेपाल चिकित्सक संघ, भेरी शाखाको अध्यक्षमा डा। बिनोद कर्ण विजय भएका छन् ।

 उनले ८१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी डा. केएन जोशीले १६ मत प्राप्त गरेका थिए ।

यसैगरी डा सुभाष पाण्डे उपाध्यक्ष, डा पियुष कुमार कानोडिया सचिव, डा प्रज्ञा गौतम घिमिरे सह–सचिव, डा नविन उपाध्याय कोषाध्यक्ष, डा रोमा बोरा सह–कोषाध्यक्षमा निर्वाचित भएका छन् ।


सो कार्य समितिको सदस्यमा डा शकील अहमद, डा सुभाष योगी, डा मधु अर्याल, डा उमेश अग्रावाल, र डा भावना न्यौपाने निर्वाचित भएका छन् ।

निर्वाचन सहायक अधिकृत डा. विजय प्रधानले दिएको जानकारी अनुसार अध्यक्ष बाहेक अन्य सबै पद निर्बिरोध भएको थियो भने अध्यक्षमा १७० मत संख्या रहेकोमा ९८ मत मात्र खसेको थियो ।

Next Post

विद्यालय पोसाक मै रहेका विद्यार्थीलाई झाँकीमा प्रयोग

११ माघ २०७४, बिहीबार १०:१३
सदरलाइनडटकम ११ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघले आयोजना गरेको प्रादेशीक महोत्सवमा निकालिएको झाँकीमा विद्यालयका बालबालिकाको प्रयोग भएको छ । बिहीबार एक्कासी भएको चिसोको कारण बालबालिका झाँकीमा हिड्न समेत असहज मानेका थिए । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्नका लागि विद्यालयहरुले पढाई नै बाँझो गरेर […]