बाँकेमा आमा बचाउ अभियान सुरु भयो

१९ पुष २०७३, मंगलवार ०३:२०
 

सदरलाइनडटकम 
१९ पुस, नेपालगन्ज : बाँकेमा चालु आर्थिक वर्षको साढे पाँच महिनामै एक दर्जन सुत्केरी आमाको मृत्यु भएपछि सरोकारवाला निकायले आमा बचाउ अभियान सुरु गरेको छ ।
प्रजनन स्वास्थ्य समन्वय समिति बाँकेको आयोजनामा गरिएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल, मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक तथा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले आमा मृत्युदर घटाउने अभियानमा साथ दिने प्रतिबद्धता जनाउदै हस्ताक्षर समेत गरेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य प्रशाशक खिमबहादुर खड्काले प्रत्येक महिनामा सरदर दुई भन्दा बढी सुत्केरी आमाको मृत्यु हुन थालेपछि सो मृत्युदर घटाउनको लागि आमा सुरक्षा अभियान सञ्चालनमा ल्याईएको बताए ।
बाँकेमा चालु आर्थिक वर्षको पुस १४ गतेसम्म १२ सुत्केरी आमाले ज्यान गुमाएका छन् भने ८ नवजात शिशु जन्मेपछि र १४ वटा गर्भमा मृत्यु भएका बच्चा जन्मिए पछि अभियान सञ्चालनमा ल्याईएको हो ।
जिल्ला प्रजनन स्वास्थ्य समन्वय समिति, स्थानीय निकाय, महिला स्वास्थ्य स्वयम सेविका, गैसस महासंघ र नेटवर्क, महिला तथा बालबालिका कार्यालय, नागरिक समाज सञ्चारकर्मी लगायतको सहभगितामा अभियानको सुरुवात गरेको थियो ।
उनले भने–‘नियमित गर्भवती चेकजाँच गराउन आउने तर बच्चा जन्माउन घरमै ढिलो गरी जटिलमा पुगेपछि मात्रै स्वास्थ्य संस्थामा आउने कारण उनीहरु जोखिममा परेको पाईएको छ ।’ उनले यसका सिवाय आमाहरु कुपोषणको सिकार भएको कारणले पनि सुत्केरी भए लगत्तै मृत्यु वरण गर्ने गरेको पाएको जानकारी दिए ।


उनले मधेशी र मुस्लिम समुदायका सुत्केरी तथा गर्भवती महिलाहरु अत्यन्तै जोखिममा रहेको आफुहरुले अनुगमनको क्रममा भेटेका उल्लेख गर्दै भने–‘ मधेशी मुस्लिम समुदायका आमाको पोषणको अवस्था नाजुक छ । उनीहरुमा बच्चाको जन्मान्तर पनि अत्यन्तै कम रहेको र परिवार नियोजनको साधनको प्रयोग पनि थोरैले मात्रै गर्ने भएकोले जन्मको संख्या बढ्दै जाँदा आमाको स्वास्थ्य पनि नजुक भएको पाएका हौ ।’
उनले समुदायलाई आमाको स्वास्थ्यको बारेमा जानकारी गराउदै पोषण युक्त खानेकुरा खुवाउनको लागि सबै क्षेत्रबाट सचेतीकरण अभियान चलाउन सकेमात्र पनि मृत्युदर व्हात्तै घट्ने कुरामा आफु विश्वस्त रहेको दावी गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्स क्लवका संस्थापकको जन्मोत्सव साता व्यापी मनाईने

१९ पुष २०७३, मंगलवार ०३:२०
 सदरलाइनडटकम    १९ पुस, नेपालगन्ज : विश्वको सबैभन्दा ठूलो समाजिक र मानविय सेवामा समर्पित लायन्स क्लव अन्तराष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मदिन साता व्यापि विभिन्न सामाजिक काम गरेर मनाईने भएको छ । लायन्सको स्थापना भएको सय वर्ष पुरा भएको अवसरमा स्रहशताब्दी कार्यक्रम तय गर्दै लायन्सका मल्टिपल सेन्टेनियल सेलिब्रेसन कोडिनेटर तथा लायन्स […]