सदरलाइनडटकम,
दाङ : छोरी बलात्कार गरेको आरोपमा बाबुलाई दाङ प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहामनगरपालिका ५ की १३ बर्षीया छोरीलाई बलात्कार गर्ने बाबुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले शनिवार पक्राउ गरेको हो ।
उपचारका क्रममा नेपालगञ्ज लगिएकी ति बालिकाको स्वास्थ्य रिपोर्टबाट आफ्नै बुवाले बलात्कार गरेको खुलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । बालिकाको योनिमा घाउ लागेपछि उपचारका क्रममा यस्तो खुलासा भएको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।
