बाँकेमा २६ थान अवैध काठ बरामद

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार १३:२१
 
फाइल तस्वीर

नेपालगञ्ज : बाँके नरैनापुर गाउँपालिकाबाट नेपालगञ्जतर्फ ल्याउँदै गरेको २६ थान अवैध सालको काठ सशस्त्र प्रहरीले बरामद गरेको छ । नरैनापुर वडा नं.४ देखि गहुँ लोड गरिएको भे.१ त.६८०६ ट्रयाक्टरभित्र लुकाई नेपालगञ्जतर्फ लैजाने क्रममा २६ थान सालको चिरान (फ्रेम) सहित ट्रयाक्टरसमेत सशस्त्र प्रहरी बल गङ्गापुरले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाका अनुसार विशेष सूचनाको आधारमा खानतलाशी गर्दा नरैनापुर ४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाई छिपाई नेपालगञ्जतर्फ लैजाने क्रममा अवैध काठ नरैनापुर वडा नं.६ जमुनीबाट बरामद गरिएको हो । उनले अवैध काठ ओसारपसार भइरहेको भन्ने सूचना आएपछि गरिएको खातलासीबाट काठ र ट्याक्टर नियन्त्रणमा लिइएको बताए ।


डिएसपी थापाले आवश्यक कारवाहीका लागि सो काठ र ट्रयाक्टरलाई डिभिजन वन कार्यालय बाँकेमा बुझाइएको जानकारी दिए ।

यस्तै, प्रहरीले ट्रयाक्टरमा लोड रहेको गहुँ भन्सारमा बुझाउने जनाएको छ । नरैनापुर क्षेत्रबाट भइरहेको काठ तस्करीबारे विशेष रुपमा अनुसन्धान गरिरहेको पनि सशस्त्र प्रहरी ३० नम्बर गण बागेश्वरी बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषध दुर्व्यसन रोकथामबारे सचेतनामुलक कार्यक्रम

२९ बैशाख २०८०, शुक्रबार १३:२१
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा लागु औषध दुर्व्यसन रोकथाम र साइबर अपराधविरुद्ध सचेतनामूलक एक दिने कार्यक्रम शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरको आयोजनामा क्याम्पस हाताभित्र बिद्यार्थीमाझ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नाएब उपरीक्षक सुन्दर तिवारीले लागु औषध दुर्व्यसन रोकथाम र साइबर […]