नेपालगन्ज उप–महानगरपालिकाद्वारा राजश्व वृद्धिको खोजी

१४ पुष २०७४, शुक्रबार ०९:१४
 

सदरलाइनडटकम
१४ पुस नेपालगन्ज : सहयोगी निकाय जीआईजेड सीडीमुन कार्यक्रमको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले राजश्व सुधारको तयारी गरेको छ ।
उप–महानगरपालिकामा आन्तरिक आय कसरी वृद्धि गर्न सकिन्छ भन्ने उद्येश्यमा केन्द्रित रही उप–महानगरपालिका मेयर डा धवल शमशेर राणा, उप मेयर उमा थापा मगर, सम्वद्ध विज्ञसहितको गोष्ठिमा राजश्व श्रोतको पहिचानसँगै वृद्धिको प्रक्रिया एवं नगरको संक्षिप्त परिचयसहितको फ्याक्ट शिट ९ ब्रोशर ० तयारी विषयमा परामर्श गरिएको हो ।
राजश्व विज्ञ डा शेषरमण न्यौपानेले राजश्वको महत्व, कार्य क्षेत्र,विधि बारे प्रकाश पारेका थिए भने सीडीमुनका प्रमुख प्राविधिक सल्लाहकार सञ्जीव पोख्रेलले प्राविधक सहयोग प्रक्रिया बारे अवगत गराए ।
स्कलर नेपालको प्राविधिक सहयोगमा ३ महिनाभित्र फ्याक्ट शिट तयारी गरिने सुझाव प्राप्त भएको छ । ३ पेजको शिटमा नगरको समग्र तथ्यगत स्थिती समावेश गरिने स्कलर नेपालका निर्देशक नरेन्द्र केसीले जानकारी दिए ।
उप–महानगरपालिका मेयर डा राणाले प्रविधिको उपयोगितासँगै कामको प्रभावकारिता प्रति उप–महानगरपालिका सचेत र जिम्मेवार रहेको भन्दै सहयोगका लागि कृतज्ञता व्यक्त गरे ।
यसैवीच राजश्व सुधार कार्य योजनाको सफल कार्यान्वयनका लागि सम्भाव्यता अध्यन गर्नको लागि उपमेयर उमा थापा मगरको संयोजकत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरिएको छ ।
कार्यदलको सदस्य सचिवमा उप–महानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खीमान्न्द अर्याल, लेखाअधिकृत राजनकुमार केसी, राजश्व शाखा प्रमुख भुपती खत्री र वडा न ४ का अध्यक्ष सफिक वेहना रहेका छन् ।
उनीहरुको कार्यदलले कार्यान्वयनको चरणमा लैजाने गरि कार्यदलले ३ महिनाभित्र प्रतिवेदन तयार गर्नेछ ।

Next Post

माघ ११ देखि नेपालगन्जमा प्रादेशिक महोत्सव सञ्चलन गरिदै

१४ पुष २०७४, शुक्रबार ०९:१४
सदरलाइनडटकम   १४ पुस नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको स्थापनाको ५० औं वर्षगाँठको अवसर पार्दै आगामी माघ ११ गतेदेखि २२ गतेसम्म ‘प्रादेशिक महोत्सव–२०७४’ आयोजना हुने भएको छ । सधै मध्यपश्चिम क्षेत्रस्तरिय महोत्सव आयोजना गर्दै आएको नेपालगन्ज उद्योग बाणिज्य संघले देश संघीय संरचनामा गएपछि  आगामी माघ ११ देखि २२ सम्म प्रादेशिकस्तरिय […]