बाँकेमा कोरोना संक्रमण दर बढ्दै, सोमवार ३७ जना थपिए

सदरलाइन संवाददाता १४ भाद्र २०७८, सोमबार २१:३७
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १९५ नमुना परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

तिमध्ये बाँकेका १९ जना छन् । ती अधिकांश कोहलपुर र नेपालगन्जका हुन् । यसअघि आइतवार एकजनामा मात्रै संक्रमण पुष्टि थियो । बाँकेमा भाइरस संक्रमितको संख्या अव १८ हजार ७ पुगेको छ ।


यस्तै सोमवार १८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ६१ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय ३४ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १७ रहेको छ भने ६ जना भेन्टिलेटरमा छन् । २६ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बृहद् रक्तदान सम्पन्न

१४ भाद्र २०७८, सोमबार २१:३७
नेपालगञ्ज : कोरोना महामारीका कारण रक्त संचार सेवाहरुमा भएको रगत अभावलाई ध्यानमा राखी मंगलबार नेपालगञ्जमा बृहद् रक्तदान गरिएको छ । नेपालगञ्ज जेसिज, नेपालगञ्ज जेसिज जुनियर, आइअएमई लाइफ, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल मानव धर्म नेपालगञ्ज, बास, बेटर बाँके, योगदान राष्ट्रको लागि जिल्ला समिति बाँके, कसौधन वैश्य समाज युवा मञ्चलगायत संस्थाहरुको […]

सम्बन्धित