बाल मन्दिरको भवन जीर्ण

१ भाद्र २०७५, शुक्रबार ०७:३१
 

डडेल्धुरा, करीब तीन दशक पहिले जिल्ला सदमुकामा निर्माण गरिएको एक मात्र बाल मन्दिर मर्मत सम्भार नहुँदा पूर्णरूपमा जीर्ण भएको छ ।
नेपाल बाल संगठनअन्तर्गत बाल मन्दिरका नाममा चार कोठा र एक बैठक कक्ष रहेको भवनको भित्री भाग चर्किनाका साथै छाना पनि भत्किएको छ ।
अपाङ्गता भएका सुस्तमनस्थितिका विद्यार्थी अध्ययन गरिरहेका यस बाल मन्दिर जीर्ण भएपछि आवासीयरूपमा पठनपाठन गराउन समस्या भएको छ । बाल मन्दिरमा अहिले सुस्तमनस्थितिका छ विद्यार्थी अध्ययन गरिरहेका छन् । आवाससमेत यसै बाल मन्दिरमै रहेकाले भवन कतिखेर भत्किने भन्ने चिन्ताले सताएको शिक्षक प्रेमराज पाठक बताउँछन् ।

बाल मन्दिरमा कक्षा पाँचसम्मको पढाई हुने गरेकोमा पछिल्लो समय विद्यार्थी नहुँदा श्री पूर्णागिरि आधारभूत विद्यालयको सहयोगमा शारीरिक अपाङ्गता र सुस्तमनस्थिति बालबालिकाका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ । भवन जीर्ण भएकाले ती विद्यार्थीलाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको भनाइ छ ।


सरकारले बाल मन्दिरलाई प्रतिविद्यार्थी रु चार हजार आवासीय तथा व्यवस्थापन खर्च दिँदै आएको छ । सुस्तमनस्थिति हो भन्नका लागि प्रमाणपत्र बनाउन सर्वसाधारणको सहज नभएकाले विद्यार्थीको सङ्ख्या कम भएको शिक्षकको भनाइ रहेको छ ।

जन्मजात समस्या भए पनि सिर्जनात्मक तथा व्यवहारिक शिक्षा दिएर असल शिक्षालयको रुपमा स्थापित गर्नसके ओझेलमा परेका अबोध बालबालिकाको भविष्य पनि उज्वल हुने सम्बद्ध व्यक्ति बताउँछन् ।

Next Post

परराष्ट्रमन्त्री ज्ञवाली र काँग्रेस नेता निधि दिल्लीमा

१ भाद्र २०७५, शुक्रबार ०७:३१
सदरलाइनडटकम, नेपालगन्ज : भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली दिल्ली पुगेका छन् । नेपालको प्रतिनिधित्व गर्दै उनी वाजपेयीको अन्त्येष्टिमा गएका हुन् । शुक्रवार अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा सहभागी भई पररष्ट्रमन्त्री ज्ञवाली शनिवार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै नेपाली काँग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र […]