राप्रपाका नेता मोहनसिँह केसीको निधन

सदरलाइन संवाददाता २० माघ २०७८, बिहीबार १५:३५
 

नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मोहनसिंह केसीको बिहीवार निधन भएको छ । नेपालगञ्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहान नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखि मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो ।

तर, केही दिन पहिले मात्र उनका छोरा त्रिलोक केसीको दुर्घटनामा परेर मृत्यु भएपछि पुत्र शोकका कारण उनको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । सोही कारणले उनको निधन भएको परिवारका सदस्यले बताएका छन् ।


स्वर्गिय नेता केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गर्नु भएको थियो । उनको पार्थिव शरिरमा राप्रपा महामन्त्री डा धवलसम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।

स्वर्गिय केसीको बिहीवारनै धार्मिक विधिपुर्वक बाँकेको सिधनियाघाटमा अन्त्येष्टी गरिएको राप्रपा बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लायन्स क्लव अफ ईन्टरनेशनल डिस्टिक ३२५एन को नेतृत्वका लागि उम्मेदवारी दर्ता

२० माघ २०७८, बिहीबार १५:३५
नेपालगञ्ज  : सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ एनको आगामी वर्षको नेतृत्वको लागि बिहीबार नेपालगञ्जमा उम्मेदवारी दर्ता गरिएको छ । लायन्स क्लवको आगामी फगुण ७ गते चितवनमा हुने महाधिवेशनबाट चयन हुने नेतृत्वको लागि क्लबका डिस्टिक गर्भनरका लागि धनगढीका सिबि चन्द, प्रथम भाईस डिस्टिक गर्भनरका लागि नेपालगञ्जका मुकुट […]