घरमा नुहाउदै गरेका शाहीमाथि सांघातिक हमला

१८ फाल्गुन २०७४, शुक्रबार १९:५६
 

सदरलाइनडटकम
१८ फागुन, नेपालगन्ज : होलि खेलेर घरमा नुहाउदै गरेका युवा माथि सामुहिक रुपमा सांघातिक हमला भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार नेपालगन्ज उप–महानगरपालिका वडा नंं.२१ पुरैनी नयाँबस्तीका २० वर्षिय अविरल जंग शाहीलाई नुहाउदै गर्दा छ जनाको समुहमा आएको समुहले सांघातिक हमला गरेको बताए ।
छ जनाको समुहमा आएका युवाहरुको जमातले नुहाउदै गरेका शाहीसंग होलि खेल्ने बाहानमा बाथरुमबाटै थुतेर कुटपिट गरेका थिए । कुटपिटबाट शाहिको टाउकोको दाहिने पट्टी गहिरो घाउ लागेको छ ।
कुटपिटपछि घाइते शाहीलाई भेरी अंचल अस्पताल नेपालगन्जमा उपचारको लागि पुराईएको थियो । शाहीको टाउकोमा ७ वटा टाँका लगाएको र धारीलो हतियारले आक्रमण गरेको घाउ भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
घटनामा संलग्न भएका मध्य तीन जनाको पहिचान भै सकेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको खोजिलाई तिब्र पारेको छ । यसैबीच घटनामा प्रतिकार गर्न खोजेका शाहिका भिनाजुलाई आक्रमणकारीले सानो हतियार समेत ताकेर फायर खोलेको स्थानीयले दाबी गरे पनि प्रहरीले भने पुस्टि गरेको छैन् ।

Next Post

होलिमा होहल्ला र झैझगडा गर्ने प्रहरी नियन्त्रणमा

१८ फाल्गुन २०७४, शुक्रबार १९:५६
सदरलाइनडटकम   १८ फागुन, नेपालगन्ज : बाँकेमा होलि पर्वको बाहानमा विभिन्न आबान्छनिय गतिविधिमा संलग्न रहेका दुई दर्जन बढी प्रहरी नियन्त्रणमा परेका छन् । प्रहरीले सवारी नियम उलंघन गर्दै चालाईएका १ सय १५ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार […]