बर्दिया : बर्दियाका अतिविपन्न परिवारका महिलालाई उद्यमशिलता मार्फत रोजगारीमा लगाएर आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले बाँके युनेस्को क्लबले जीवन उपयोगी सीप विकास तालिम शुरु गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको आर्थिक सशक्तिकरण तथा रोजगारी प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरिया नगरपालिकामा सोमवारदेखि दुईदिने तालिम सञ्चालन गरिएको क्लवले जनाएको छ
सो तालिममा गुलरिया नगरपालिकाका विभिन्न वडाका ३४ जना १८ वर्षदेखि २४ वर्षसम्मका अति विपन्न परिवारका किशोरी–महिलालाई विभिन्न प्रकारका जीवन उपयोगी सीप सिकाउनुका साथै उनीहरुको क्षमता बृद्धि गर्दै सञ्चारको प्रक्रिया लगायतका विषयमा दुई दिन तालिम दिइने बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए ।
उनले यो तालिमले सहभागिलाई रोजगारमा लाग्न सहयोग गर्ने र उनिहरुको आर्थिक अवस्थामा सुधार हुने बताए ।
तालिमको शुभारम्भमा बाँके युनेस्को क्लबका सहायक निर्देशक महेश नेपाली र प्लान नेपालका कार्यक्रम संयोजक गोमा वली चौधरीले तालिमको उदेश्य र आवश्यकताबारे जानकारी गराएका थिए । सो तालिमका प्रशिक्षक स्रोत व्यक्ति विर बहादुर हमाल रहेका छन् ।
परियोजनाका संयोजक गोविन्द लामिछानेले सो तालिम ठाकुरद्वारामा पनि सञ्चालन गरिने गुलरिया र ठाकुरद्वारा गरेर १२० जना अति विपन्न महिलालाई सीप विकास तालिम प्रदान गरिने जानकारी दिए ।