३८ करोड बक्यौता नतिर्ने ड्रिमल्याण्ड होटेल बन्द

सदरलाइन संवाददाता २७ माघ २०७८, बिहीबार १३:३७
 

नेपालगञ्ज : बक्यौता नतिरेको भन्दै सरकारले नेपालगञ्ज–१० आदर्शनगरस्थित ड्रिमल्याण्ड होटल बन्द गर्न निर्देशन दिएको छ । मिनी क्यासिनो समेत सञ्चालन गर्दै आएको ड्रिमल्याण्डले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ बक्यौता नबुझाएको भन्दै होटल बन्द गर्न सरकारले निर्देशन दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको प्रस्तावमा माघ २६ गते मन्त्रीस्तरीय निर्णयले होटेल बन्द गर्ने निर्णय गरेको हो ।

उक्त होटलले आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता, आर्थिक वर्ष २०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालू आर्थिक वर्षको रोयल्टीसमेत गरी ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रूपैंया बुझाएको थिएन । बाराम्बार ताकेता गर्दा पनि बक्यौता रकम नबुझाएपछि सरकारले होटल बन्द गर्ने तथा मिनी क्यासिनोको लाइसेन्स रद्द गर्ने निर्णय गरेको हो ।


२०६७ भदौ २० गते ह्याप्पी आवर प्रा.लि. काठमाडौं ४ का नाममा भिडियो गेम, आधुनिक मेसिन उपकरणद्वारा कार्ड, चिप्स, क्वाइन, क्यास प्रयोग गरी आगन्तुकलाई मनोरञ्जन दिन ब्यवसायिक खेल खेलाउने अनुमति दिइएको थियो ।

ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको भएपनि अटेरी गरी बक्यौता नतिर्नु तथा कर छली गर्नु जस्ता कारणलाई आधार मानेर क्यासिनोको लाइसेन्स रद्द गर्ने निर्णयमा सरकार पुगेको हो ।

बाँके प्रहरीले भने सो बारे जानकारी नभएको भन्दै अनबिज्ञता जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले सो बारे कुनै जानकारी नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालिका बलात्कार आरोपमा एक प्रक्राउ

२७ माघ २०७८, बिहीबार १३:३७
बर्दियाः १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बासगढी नगरपालिका–४ अस्नेरी बस्ने २९ वर्षीय वीरबहादुर रोकालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । रोकाले ती बालिकालाई बलात्कार गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय मोतीपुरको टोलीले रोकालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।